बुधबार, ३० असोज २०८१
ताजा लोकप्रिय
ब्याजदर

कात्तिकमा १० बैंकले घटाए ब्याजदर, कुन बैंकमा पाइन्छ धेरै ब्याज ?

बुधबार, ३० असोज २०८१, १० : ०४
बुधबार, ३० असोज २०८१

काठमाडौँ । चाडवाडको समयमा पनि बैंक तथा वित्तीय संस्थाबाट अपेक्षित कर्जा माग नहुँदा बैंकको ब्याजदर क्रमले निरन्तरता पाएको छ । वाणिज्य बैंकहरूले कात्तिक महिनाका लागि तोकेको ब्याजदर अनुसार यस्तो अवस्था देखिएको हो ।  

नयाँ महिनाका लागि तय गरिने ब्याजदर अघिल्लो महिनाको मसान्तसम्म प्रकाशन गरिसक्नुपर्ने व्यवस्था बमोजिम सबै बैंकहरुले कात्तिक महिनाको ब्याजदर सार्वजनिक गरेका छन् । यस अनुसार १० बैंकहरूले ब्याजदर घटाएका छन्। सञ्चालनमा रहेका २० मध्ये बाँकी १० वटा बैंकले भने नयाँ महिनाको ब्याजदरलाई अघिल्लो महिनासँग स्थिर छ । यसपटक कुनै पनि बैंकले ब्याजदर बढाएको पाइएको छैन ।  

यस्तो छ बैंकहरूको नयाँ ब्याजदर
कुमारी बैंक

कुमारी बैंकले सबै प्रकारका निक्षेपको ब्याजदर स्थिर राखेको छ । कात्तिक महिनाका लागि बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०१ प्रतिशत, ५.३१ प्रतिशत र ३.२५ प्रतिशत ब्याजदर कायम गरेको हो ।

राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दती खाताको ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाउँदा अन्य निक्षेप खाताको ब्याजदर यथावत् राखेको छ । अब उक्त बैंकको ब्याजदर बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.५० प्रतिशत र ४.०० प्रतिशत कायम भएको छ ।

कृषि विकास बैंक

कृषि विकास बैंकले बचत खाता र संस्थागत मुद्दती खाताको ब्याजदरलाई स्थिर राखेको छ भने व्यक्तिगत मुद्दती खाताको ब्याजलाई ०.०६५ प्रतिशत विन्दुले घटाएको छ । कात्तिक महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ३.७५ प्रतिशत ब्याज दिनेछ ।

नबिल बैंक

नबिल बैंकले साधारण बचत खाता र एकवर्ष अवधिका सबै निक्षेपका खाताको ब्याजदरलाई स्थिर राखेको छ । यस अनुसार कात्तिक महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ४.०० प्रतिशत ब्याजदर दिनेछ ।  

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले साधारण बचत खाता र एकवर्षे व्यक्तिगत मुद्दती खाताको ब्याजदर स्थिर राखेको छ । संस्थागत मुद्दती खाताको ब्याजदरलाई भने ०.२५ प्रतिशत विन्दुले घटाएको छ ।

यस अनुसार कात्तिकका लागि बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.५० प्रतिशत र ४.२५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक

स्ट्यान्डर्ड चार्टर्ड बैंकले बचत खाताको ब्याजदरलाई यथावत् राख्दा व्यक्तिगत र संस्थागत मुद्दती खाताका ब्याजदरलाई क्रमशः ०.२५ प्रतिशत विन्दुले घटाएको छ । कात्तिक महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.५० प्रतिशत र ३.७५ प्रतिशत ब्याज दिनेछ ।

हिमालयन बैंक

हिमालयन बैंकले यो पटक सबै प्रकारका ब्याजदर घटाएको छ । बचत खाताको ब्याजदरलाई ०.१५ प्रतिशत विन्दुले घटाएको छ भने व्यक्तिगत र संस्थागत मुद्दती खाताको ब्याजदरलाई एक–एक प्रतिशत विन्दुले घटाएको छ । अब बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.१० प्रतिशत, ४.७५ प्रतिशत र ३.७५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकले यो महिना ब्याजदरमा कुनै पनि परिवर्तन गरेको छैन । बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०२ प्रतिशत, ५.३५ प्रतिशत र ४.३५ प्रतिशत ब्याजदर तोकेको छ ।

एभरेस्ट बैंक

एभरेस्ट बैंकले यो महिना सबै प्रकारका ब्याजदरलाई यथावत् राखेको छ । यस अनुसार कात्तिक महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०५ प्रतिशत, ४.१५ प्रतिशत र ३.१५ प्रतिशत ब्याज दिनेछ ।

प्रभु बैंक

प्रभु बैंकले पनि यो अवधिमा ब्याजदरमा कुनै परिवर्तन गरेको छैन ।  यस अनुसार आगामी महिना बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.१० प्रतिशत र ३.१० प्रतिशत ब्याज दिनेछ ।

लक्ष्मी सनराइज बैंक

लक्ष्मी सनराइज बैंकले बचत खातालाई यथावत् राख्दा व्यक्तिगत र संस्थागत दुवै मुद्दती खातामा ०.५० प्रतिशतले ब्याजदर घटाएको छ । नयाँ महिनाका लागि बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.५० प्रतिशत र ४.५० प्रतिशत ब्याजदर कायम गरेको छ ।

ग्लोबल आईएमई बैंक

ग्लोबल आईएमई बैंकले सबै प्रकारका खाताको ब्याजदरलाई यसपटक स्थिर राखेको छ । यस अनुसार बचत खाता, व्यक्तिगत मुद्दती खाता र संस्थागत मुद्दती खाताको ब्याजदरलाई क्रमशः ३ प्रतिशत, ५.५० प्रतिशत र ४.५० प्रतिशत कायम भएको छ ।

सिटिजन्स बैंक

सिटिजन्स बैंक कात्तिक महिनाका लागि बचत खातामा ०.००५ प्रतिशत विन्दुले ब्याजदर बढाएको छ । व्यक्तिगत मुद्दती खातामा ०.४० प्रतिशत र संस्थागत मुद्दती खातामा ०.५० प्रतिशत ब्याज घटाएको छ ।  यस अनुसार बैंकले कात्तिक महिनाका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.००५ प्रतिशत, ५.७५ प्रतिशत र ४.०० प्रतिशत ब्याजदर कायम गरेको छ ।

प्राइम कमर्सियल बैंक

साधारण बचत खाताको ब्याजदरलाई यथावत् राखेर व्यक्तिगत र संस्थागत मुद्दती खातामा ०.२५ प्रतिशत विन्दुले ब्याज घटाएको हो । आगामी महिनाका लागि बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ६.०० प्रतिशत र ४.२५ प्रतिशत ब्याज दिनेछ ।

एनएमबि बैंक

एनएमबि बैंकले बचत तथा एकवर्षे मुद्दती खाताको ब्याजदरमा कुनै पनि परिवर्तन गरेको छैन । यस अनुसार कात्तिक महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०२ प्रतिशत, ५.५० प्रतिशत र ४.५० प्रतिशत ब्याजदर यथावत् रहनेछ।

एनआईसी एसिया बैंक

एनआईसी एसिया बैंकले बचत खाता र संस्थागत मुद्दती खाताको ब्याजदरलाई स्थिर राख्दा व्यक्तिगत मुद्दती खाताको ब्याजदर १.४५ प्रतिशत विन्दुले घटाएको छ । अब बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.२७ प्रतिशत, ४.१५ प्रतिशत र ३.०० प्रतिशत ब्याज दिनेछ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले बचत खाताको ब्याजदरलाई स्थिर राखेको छ । व्यक्तिगत र संस्थागत मुद्दती खाता ब्याजदरलाई भने क्रमशः ०.२५ र ०.५० प्रतिशत विन्दुले घटाएको छ । अब बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.५० प्रतिशत र ३.७५ प्रतिशत ब्याज दिने जनाएको छ ।

सानिमा बैंक

सानिमा बैंकले नयाँ महिनाका लागि सबै प्रकारका खाताहरुको ब्याजदर स्थिर राखेको छ । बैंकले नयाँ महिनाका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०४ प्रतिशत, ५.४० प्रतिशत र ४.३० प्रतिशत ब्याजदर कायम गरेको छ ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले सबै प्रकारका खाताको ब्याजदर कात्तिक महिनामा लागि यथावत् राखेको छ । अघिल्लो महिना बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ६.५० प्रतिशत र ४.७५ प्रतिशत ब्याज दिनेगरी तालिका प्रकाशन गरेको थियो ।

नेपाल बैंक

नेपाल बैंकले सबै प्रकारका खाताहरूको ब्याजदर स्थिर राखेको छ । बैंकले कात्तिक महिनामा बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०१ प्रतिशत, ४.५५ प्रतिशत र ३.३० प्रतिशत ब्याजदर कायम गरेको छ ।

उल्लेखित बैंकहरूको सार्वजनिक गरेको ब्याजदरमध्ये साधारण बचत खाता र एक वर्षे व्यक्तिगत मुद्दती खाता तथा सोही अवधिको संस्थागत मुद्दती खाताका लागि तोकिएको ब्याजदर हुन् ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकहरू एकै प्रकारको खातामा दुई प्रतिशत विन्दुसम्मको अन्तर राख्न पाइन्छ । त्यस्तै, बचत खाताको न्यूनतम र मुद्दती खाताको अधिकतम ब्याजदर पनि पाँच प्रतिशत विन्दुभन्दा धेरै हुन नहुने केन्द्रीय बैंकको निर्देशन छ । रेमिट्यान्स निक्षेपका हकमा भने एक प्रतिशत विन्दुले थप ब्याज दिनसक्ने व्यवस्था छ ।

New Project

यी हुन् सबैभन्दा धेरै र कम ब्याज दिने बैंक

नयाँ ब्याजदर अनुसार साधारण बचत खातामा एनआईशी एसिया बैंकले सर्वाधिक ३.२७ प्रतिशत ब्याजदर तोकेको छ । अधिकांश बैंकहरुले भने यसलाई ३ प्रतिशतको न्यूनतम विन्दुमा झारेका छन् ।

त्यस्तै, व्यक्तिगत मुद्दती खातामा माछापुच्छ्रे बैंकले तोकेको ६.५ प्रतिशत ब्याजदर नै सर्वाधिक रहेको देखिन्छ । यो खातामा एभरेस्ट र एनआईशी एसिया बैंकले सबैभन्दा कम ४.१५ प्रतिशत ब्याजदर तोकेका छन् ।

त्यस्तै, संस्थागत मुद्दती खातामा माछापुच्छ्रे बैंकले तोकेको ४.७५ प्रतिशत नै सबैभन्दा धेरै देखिएको छ । यस्तो खातामा सबैभन्दा कम एनआईशी एसिया बैंकले ३ प्रतिशत ब्याज तोकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?