बिराज भट्टलाई प्रश्न– ‘१२ गाउँ’ले अहिलेसम्म कमायो कति ?
काठमाडौँ । एक्सन स्टार बिराज भट्टको निर्देशन तथा अभिनय रहेको फिल्म ‘१२ गाउँ’ले राम्रो व्यवसाय गर्न सफल भएको छ । दसैँको अवसर पारेर फूलपातीदेखि सार्वजनिक प्रदर्शनमा आएको फिल्मको अहिलेसम्मको व्यावसायिक हिसाब एकमुष्ट प्राप्त हुन बाँकी रहेकोले आम्दानी यति भनेर भन्न सकिने अवस्था नरहेको कलाकार तथा निर्माता निर्देशक बिराज भट्टले बताए ।
‘सुरुको दिन देखिनै फिल्ममा दर्शक राम्रो देखिएका थिए’, भट्टले भने ‘फिल्मको क्रेज देख्दा म आफै छक्क परेको छु ।’ फिल्मको साप्ताहिक व्यवसाय आज साँझ वा भोलि बिहान सार्वजनिक हुने उनले जानकारी दिए ।
बिराजको अलावा उनका छोरा समीरको समेत मुख्य भूमिका रहेको फिल्ममा सोनु चन्द्रपाल, दिया मास्के, मुरलिधर, सनिसा भट्टराई, नरेन खड्का, न्यान्सी खड्का, स्टन्ट सिल्भा, सन्तोष सरकार, कनिज कोइराला लगायतकाको अभिनय छ ।
फिल्मको निर्माण पनि बिराज आफैले गरेका हुन् । फिल्ममा अर्जुन पोखरेल र नीरज सिंहको सङ्गीत, रामजी लामिछाने र सुनिल क्षेत्रीको कोरियोग्राफी, महेश पौडेल र राजु लामाको डीओपी, सन्तोष सरकारको लेखन, स्टन्ट सिल्भा र शंकर महर्जनको एक्सन, भूपेन्द्र अधिकारीको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्चेस्टर युनाइटेड र लियों युरोपा लिगको अन्तिम आठमा
-
पूर्वऊर्जा राज्यमन्त्री शर्माको बागलुङमा अन्त्येष्टि
-
स्थानीयको विरोधले रेलमार्ग निर्माणको काम रोकियो
-
१२ बजे, १२ समाचार : सरकारले खोस्यो १३ स्थानीय तहका हाकिमको जिम्मेवारीदेखि कांग्रेस सांसद गुरुङलाई पुरानै भ्रष्टाचारले फसादसम्म
-
चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण
-
बलात्कारपछि हत्या गरेको अभियोगमा पाँच भारतीयलाई मृत्युदण्डको सजाय