बुधबार, ३० असोज २०८१
ताजा लोकप्रिय

मेस्सीको ह्याट्रिक, अर्जेन्टिनाको गोल वर्षा

बुधबार, ३० असोज २०८१, ०८ : ०२
बुधबार, ३० असोज २०८१

काठमाडौँ । कप्तान लियोनेल मेस्सीको शानदार ह्याट्रिकको मद्दतले अर्जेन्टिनाले दक्षिण अमेरिकी विश्वकप छनोटमा बोलिभियाविरुद्ध गोल वर्षा गरेको छ । स्थानीय समयअनुसार मंगलबार राति भएको खेलमा अर्जेन्टिना ६–० गोलले विजयी बनेको हो ।

खेलको १९ औँ मिनेटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । त्यसपछि उनले लाउटारो मार्टिनेज र जुलियन अल्भारेजका लागि गोलको अवसर सिर्जना गरे ।

६९ औँ मिनेटमा थियागो अल्माडाले टोलीका लागि चौथो गोल गरे । खेलको अन्त्यतिर २ मिनेटको अन्तरमा दुई गोल थप्दै मेस्सीले ह्याट्रिक पुरा गरे ।

जितसँगै अर्जेन्टिना १० खेलबाट २२ अङ्क बटुल्दै तालिकाको शीर्ष स्थानमा रहेको छ । बोलिभिया १२ अङ्कसहित सातौँ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?