इंग्ल्याण्ड बाहिरियो, वेस्ट इन्डिज सेमिफाइनलमा
दुबई । प्रतियोगिताको दाबेदार मानिएको इंग्ल्याण्डलाई हराउँदै वेस्ट इन्डिज समूह बीबाट दक्षिण अफ्रिकासँगै महिला टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डलाई पछिल्लो पटक सन् २०१८ मा हराएको वेस्ट इन्डिजले टोलीविरुद्ध १३ खेलको हारको शृङ्खला अन्त्य गर्दै प्रतियोगिताको अन्तिम ४ मा न्युजिल्याण्डसँगको भिडन्त पक्का गरेको हो ।
मंगलबार राति भएको खेलमा वेस्ट इन्डिजले इंग्ल्याण्डले प्रस्तुत गरेको १ सय ४२ रनको लक्ष्य १२ बल बाँकी छँदै मात्र ४ विकेटको क्षतिमा पछ्यायो । टोलीका लागि ओपनरद्वय कप्तान हेली म्याथ्युज र कियाना जोसेफले अर्धशतकीय इनिङ्स खेले ।
जोसेफले ३८ बलमा सर्वाधिक ५२ रन जोडिन् । उनले यस क्रममा ६ चौका र २ छक्का प्रहार गरेकी थिइन् । म्याथ्युजले पनि समान बलमा ५० रन बनाइन् । उनले ७ चौका र एक छक्का हिर्काइन् ।
डियान्ड्रा डोटिनले १९ बलमा २७ रनको योगदान दिइन् । इंग्ल्याण्डका लागि न्याट स्काइभर ब्रन्ट, सोफी एक्लेस्टोन र सारा ग्लेनले १–१ विकेट लिए ।
यसअघि ब्रन्टको अर्धशतकीय इनिङ्सको मद्दतले इंग्ल्याण्डले निर्धातिर २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४१ रन बनाएको थियो । कप्तान हेदर नाइटले २१ रन जोडिन् । त्यस्तै, ड्यानी वाट हजले १६ रन तथा माइया बोसियरले १४ रनको योगदान दिइन् ।
वेस्ट इन्डिजका लागि एफी फ्लेचरले ३ विकेट लिइन् भने हेली म्याथ्युजले २ विकेट तथा डियान्ड्रा डोटिनले १ विकेट हात पारिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कटारीमा वन्यजन्तुको उद्धार तथा पुनःस्थापना केन्द्र स्थापना
-
अमेरिकी डलर, रियाल, दिराम, युआन, दिनार र रिङ्गेटको मूल्य बढ्यो, कसको भाउ कति ?
-
लिभरपुलले जोगायो शीर्ष क्लबहरुको इज्जत, अग्रता थप बलियो
-
भृकुटीमण्डपमा माघ १७ देखि आठौँ चेम्बर एक्स्पो हुँदै
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी हारबाट जोगिंदा, म्यानयु, चेल्सीको विजोग
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी