बुधबार, ३० असोज २०८१
ताजा लोकप्रिय

सहज जितसँगै स्पेन क्वार्टरफाइनलमा

बुधबार, ३० असोज २०८१, ०६ : १०
बुधबार, ३० असोज २०८१

कोरडोबा । सर्बियामाथि सहज जित हासिल गर्दै युरोपियन च्याम्पियन स्पेन यूईफए नेसन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ । मंगलबार राति भएको खेलमा स्पेन ३–० गोलले विजयी बन्यो ।

डेनमार्कविरुद्धको पछिल्लो खेलमा चोटग्रस्त बनेका युवा खेलाडी लामिन यामाल बिना मैदान उत्रेको स्पेनका लागि खेलको पाँचौँ मिनेटमा नै एमरिक लापोर्टेले गोल गरे ।

स्पेनले खेलका पूर्ण नियन्त्रण बनाउँदै विपक्षीको पोस्टमा ३० वटा प्रहार गरेको थियो । यसमा अल्भारो मोराटाले गोल गर्नबाट चुकेको पेनाल्टी पनि समावेश छ ।

यद्यपि, मोराटाले ६५ औँ मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ७६ औँ मिनेटमा स्ट्राहिन्हा पाभ्लोविचले रातो कार्ड पाएपछि सर्बिया १० खेलाडीमा सीमित बन्यो । त्यसमा पाएको फ्रिकिकबाट एलेक्स बएनाले टोलीका लागि तेस्रो गोल गरे ।

स्पेन पछिल्ला १४ खेलमा अपराजित रहेको छ । जितसँगै टोली समूह ए४ बाट दुई खेल बाँकी छँदै अर्को चरणमा प्रवेश गरेको छ । उता, डेनमार्क र स्विटजरल्याण्डले २–२ गोलको बराबरी खेलेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?