बुधबार, ३० असोज २०८१
ताजा लोकप्रिय

रोकिए रोनाल्डो, जोगियो स्कटल्याण्ड

बुधबार, ३० असोज २०८१, ०५ : ५९
बुधबार, ३० असोज २०८१

ह्याम्पडेन पार्क । स्कटल्याण्डले उत्कृष्ट डिफेन्सको नमुना प्रस्तुत गर्दै यूईएफए नेसन्स लिगमा पोर्चुगललाई बराबरीमा रोक्न सफल भएको छ । टोलीले प्रतियोगितामा बटुलेको पहिलो अङ्क पनि हो ।

खेलको सुरुवातमा स्टक म्याकटोमिनीले गोलको सुन्दर अवसर गुमाएका थिए । त्यसपछि भने खेलमा पोर्चुगलले नियन्त्रण बनायो ।

पोर्चुगलका लागि २ सयौँ खेल खेलिरहेका क्रिस्टियानो रोनाल्डोलाई स्कटल्याण्डलाई गोलकिपर क्रेग गोर्डन र डिफेन्सले १ सय ३४ औँ गोल गर्नबाट रोकेका थिए । उनले विपक्षीको पोस्टमा चारवटा प्रहार गरे ।

योसँगै स्टिभ क्लार्कको टोली लगातार पाँच खेल हार्ने पहिलो स्कटिस टोली हुनबाट जोगिएको छ । स्कटल्याण्डले पछिल्ला १६ मध्ये एक खेल मात्र जितेको छ ।

समूह ए१ कै अन्य खेलमा क्रोएसिया र पोल्याण्डले पनि ३–३ गोलको बराबरी खेलेका छन् । ४ खेलपछि पोर्चुगल १० अङ्कसहित शीर्ष स्थानमा रहेको छ । क्रोएसिया ७ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।

४ अङ्क बटुलेको पोल्याण्ड तेस्रो स्थानमा छ भने पुछारमा रहेको स्कटल्याण्डको १ अङ्क छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?