साइबर अपराधसम्बन्धी कसुरमा श्रीलंकाबाट २३० चिनियाँ पक्राउ

कोलम्बो । श्रीलंकाली प्रहरीले अनलाइन ठगीमा अन्तर्राष्ट्रिय बैंकहरूलाई लक्षित गरेको आरोपमा दुई सय ३० भन्दा बढी चिनियाँलाई पक्राउ गरेको छ ।
यस कार्यमा बेइजिङबाट पठाइएका सुरक्षा अधिकारीहरूको सहयोग रहेको मंगलबार श्रीलंकाली विदेशमन्त्री विदेशमन्त्री विजिता हेराथले जनाएका छन् ।
उनका अनुसार गत साता गरिएको प्रहरी छापामा कथित ठगीमा प्रयोग गरिएका दुई सय ५० कम्प्युटर र पाँच सय मोबाइल फोन पनि जफत गरिएको हो । उनले कति रकम चोरी भएको थियो भन्नेबारे अनुसन्धान जारी रहेको बताए ।
'उनीहरूले विशेषगरी विदेशी बैंक र वित्तीय संस्थाहरूलाई लक्षित गरेका छन्,' हेराथले छापामा लक्षित गिरोहहरूका बारेमा भनेका छन् । कोलम्बोस्थित चिनियाँ दूतावासले श्रीलंकाली प्रहरीसँग ‘विशेष अभियान’ सञ्चालन गर्न सुरक्षा अधिकारीहरूको एउटा ‘कार्य समूह’ पठाएको थियो ।
'ठूलो सङ्ख्यामा आपराधिक संदिग्धहरू पक्राउ परेका छन्,' दूतावासले वक्तव्यमार्फत भनेको छ, 'स्वदेश फिर्ता र अन्य कामहरू जारी छन् ।' सबैभन्दा ठूलो शनिबार भएको छापामा प्रहरीले एक सय २६ चिनियाँ पुरुषका साथै दुई भियतनामी, एक थाई र एक फिलिपिनोलाई पक्राउ गरिएको थियो ।
श्रीकङ्कासँग बलियो दूरसञ्चार पूर्वाधार छ । मुलुकको आर्थिक पतन हुनुभन्दा तीन वर्षअघि सन् २०१९ को जुन–अप्रिलमा श्रीलंका दक्षिण एसियामा फाइभ जी नेटवर्क सुरु गर्ने पहिलो मुलुक थियो ।
दूतावासको विज्ञप्तिमा चीनमा साइबर अपराधीहरूमाथिको कडाइले केहीलाई विदेशमा आपराधिक अवसरहरू खोज्न प्रेरित गरेको हुनसक्ने बताइएको छ । 'चीन श्रीलङ्कासँग कानून कार्यान्वयन सहयोग थप सुदृढ गर्न तयार छ,' विज्ञप्तिमा भनिएको छ ।
जुनमा प्रहरीले अर्का दुई सय जना संदिग्धलाई पक्राउ गरेको थियो । उनीहरू मुख्यतया भारतीय थिए । उनीहरूमाथि पनि अनलाइन वित्तीय ठगी दूतावासको विज्ञप्तिमा चीनमा साइबर अपराधीहरूमाथिको कडाइले केहीलाई विदेशमा आपराधिक अवसरहरू खोज्न प्रेरित गरेको हुनसक्ने बताइएको छ । 'चीन श्रीलंकासँग कानून कार्यान्वयन सहयोग थप सुदृढ गर्न तयार छ,' विज्ञप्तिमा भनिएको छ ।
जुनमा प्रहरीले अर्का दुई सय जना संदिग्धलाई पक्राउ गरेको थियो । उनीहरू मुख्यतया भारतीय थिए । उनीहरूमाथि पनि अनलाइन वित्तीय ठगी सञ्चालन गरेको आरोप लगाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रकृति
-
तामाङ समुदायमा चैत्र शुक्ल पूर्णिमा : बौद्धमा बत्ती बालेर बालाजुमा स्नान
-
पूर्वराजालाई संसदीय समितिमा बोलाउन मिल्छ ? के भन्छन् वरिष्ठ अधिवक्ता भट्टराई ?
-
उत्तरप्रदेशका मुख्यमन्त्री दूतावास गएका होइनन्, राजदूतले भेट्दा कुरा भएको हो : देउवा
-
भरतपुर अस्पतालमा प्लाष्टिकका झोला प्रतिबन्धित
-
श्रीलङ्कामा सात दिन : ती चियाबारी, त्यो रेल र त्यो रोमाञ्चक यात्रा