मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय

मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :  दोस्रो दिन ६ जनाको  उद्धार

मङ्गलबार, २९ असोज २०८१, २० : ४८
मङ्गलबार, २९ असोज २०८१

विराटनगर । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेची महाकाली राष्ट्रिय उद्धार यात्रामा मंगलबार ६ जना सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार भएको हो ।

‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल भावनाका साथ ३२ दिनसम्म यात्रा सञ्चालन हुनेछ ।  आज उद्धार यात्राका क्रममा उद्धार टोली झापाको दमकदेखि मोरङको विराटनगर महानगरपालिकासम्मका सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा भेटिएका मानवहरुको उद्धार तथा सेवामा खटिएको हो ।

मंगलबार ६ जना सहयोगापेक्षी  मानवहरुको उद्वार भएको छ । जसमध्ये झापाको दमक नगरपालिकाबाट २ जना, मोरङको बेलबारीबाट २ जना, ग्रामथान गाउँपालिकाबाट १ जनाको र विराटनगर महानगरपालिका १५, रामजानकी मार्गबाट १ जनाको  उद्धार गरिएको हो । यात्राको पहिलो दिन सोमबार १० जना सडक आश्रित मानवहरुको उद्धार गरिएको थियो ।

उद्धार गरिएका सडकआश्रित मानवहरुको मानवसेवा आश्रम विराटनगर सेवाकेन्द्रमा आज नै गृहप्रवेश गराइएको छ । साथै भोलि बुधबार सुनसरी जिल्लाको धरान, इनरुवा, दुहवी क्षेत्र वरपरका सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टकर जीवन बिताउन बाध्य सहयोगापेक्षी मानवहरुको  उद्धार सेवा रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?