मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय

विराटनगरमा मुन होटलका सञ्चालकमाथि खुकुरी प्रहार

मङ्गलबार, २९ असोज २०८१, २० : ०१
मङ्गलबार, २९ असोज २०८१

विराटनगर । विराटनगरको रोडेशेष छेउ भूमि प्रशासन चोकको मुन होटल तथा गीत गजलका सञ्चालक दिलीपकुमार भगतलाई एक समूहले खुकुरी प्रहार गरेको छ । 

खुकुरी प्रहारबाट भगतको हातमा चोट लागेको छ । उनको उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ । भगत मुन होटलका सञ्चालक हुन् । होटलमा आएका दुई जनाको समूहले आज साँझ ६ बजेतिर आक्रमण गरेको प्रहरीको भनाइ छ ।

आक्रमणमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । उक्त होटल विराटनगरको रोडशेष उत्तर भूमि प्रशासन चोकमा रहेको छ । हतियार प्रहार गरेर आक्रमणकारी भने भागेको प्रहरीको दाबी छ । पुरानो रिसिइबीकै कारण आक्रमण भएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?