धम्कीका कारण एकै दिन पाँच भारतीय विमान ‘इमर्जेन्सी ल्यान्डिङ’ गर्न बाध्य

काठमाडौँ । विमानमा बम राखेको धम्कीपछि मंगलबार पाँच भारतीय विमान ‘इमर्जेन्सी ल्यान्डिङ’ (आपत्कालीन अवतरण) गर्न बाध्य भएका छन् । ती विमानमा बम रहेको भन्दै सोशल मिडिया प्लेटफर्ममार्फत धम्की आएको सुरक्षा एजेन्सीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
विमानमा बम राखिएको सूचना पाउनासाथ सुरक्षा एजेन्सीले ‘अलर्ट’ जारी गर्दै ती विमानलाई ‘इमर्जेन्सी ल्याण्डिङ’ गराएको बताइएको छ । यसअघि सोमबार पनि मुम्बईबाट उडान भरेका तीन विमानमा विस्फोट गराउने धम्की आएको थियो ।
मंगलबार एयर इन्डिया एक्सप्रेसको जयपुरबाट अयोध्या हुँदै बेंगलुरु जाने विमान आइएक्स ७६५, स्पाइसजेटको दरभंगाबाट मुम्बई जाने विमान एसजी ११६, अकासा एयरको सिलीगुडीबाट बेंग्लुरु जाने विमान क्युपी १३७३ र एयर इन्डियाको दिल्लीबाट शिकागो जाने विमान एआई १२७ र अर्को एउटा विमानमा बम राखेको धम्की आएको थियो ।
तीमध्ये स्पाइसजेट र अकासा एयरको विमान सुरक्षित अवतरण गरिसकेको बताइएको छ । दिल्लीबाट शिकागो जाने एयर इन्डियाको विमानलाई क्यानडा डाइभर्ट गरिएको छ । यस्तै एयर इन्डिया एक्सप्रेसको विमानलाई अयोध्या एयरपोर्टमा सुरक्षा जाँच गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी शीर्ष सैन्य नेतृत्वमा ठुलो परिवर्तन, जनरल ब्राउन हटाइए
-
जदौको स्वरमा मरिहत्ते श्रोता–संसार
-
तस्बिरमा हेर्नुहोस् नेपाल सुपर लिगको अक्सन
-
माओवादीले नेतृत्व गरेका पालिका टाढैबाट चिनिने बनाउनुपर्छ : प्रचण्ड
-
कांग्रेसको महाधिवेशन पार्टीको विधानमा भएको प्रावधानअनुसार सबैलाई मिलाएर हुन्छ : नेता सिंह
-
सबैलाई मिलाएर कांग्रेस महाधिवेशन हुन्छ : नेता सिंह