मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय
समाचार

कांग्रेस नेता अजयबाबु शिवाकोटी पक्राउ

मङ्गलबार, २९ असोज २०८१, १९ : ३५
मङ्गलबार, २९ असोज २०८१

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता अजयवावु शिवाकोटाीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बालुवाटारबाट शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको हो । 

शिवाकोटीले आफूलाई बालुवाटारबाट पक्राउ गरेको जानकारी दिए ।  ‘म बाटोमा हिँड्दै थिए। बालुवाटार तीन नम्बर गेट अगाडि तीन चार जना महिलाहरू प्रदर्शन गर्दै हुनुहुन्थ्यो ।  निर्मला कुर्मी न्यायिक आन्दोलनमा रहेका रूबी खान लगायत ४ जना महिलाहरु र एकजना भिडियो खिच्दै थिए।  त्यो भिडियो खिच्ने मेरो आफ्नै भाइ विजयबाबु शिवाकोटी रहेछ। म ओर्लेर उसलाई हेर्दा के गरेको भन्न जाँदाखेरि पुलिसले सबैलाई समात्यो । अनि पुलिसले मलाई पनि समात्यो’ नेता शिवाकोटीले भने । 

उनले भने, ‘मैले मेरो परिचय दिँदा पनि मलाई आन्दोलनकारी सम्झेर समात्यो । मैले मेरो परिचय दिए तर पुलिसले छाडेन । पकडेर उनीहरुसहित मलाई पनि मालीगाउँ लग्यो।’

पक्राउ गरेलगत्तै प्रहरीले स्वास्थ्य परीक्षणका लागि वीर हस्पिटल ल्याएको समेत उनले बताए । कांग्रेस केन्द्रीय सदस्य समेत रहेका शिवाकोटीले भने, ‘मैले परिचय दिएर फोटो खिच्दाखेरि पनि मेरो मोबाइल तानेर फोटो डिलिट गरियो ।  ममाथि धरपकड गरिएको छ ।’ 

शिवाकोटीसहित अधिकारकर्मीहरू रुबी खान सहितका अधिकारकर्मीहरू पनि पक्राउ परेका थिए ।

काठमाडौँ प्रहरीले भने  शिवाकोटी हुलमुलमा परेर समातिएको र पहिचान भएपछि छोडिएको बताएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले हुलमुलमा परेर नियन्त्रणमा लिएको तर अहिले छाडिसकिएको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?