निमावि शिक्षक लाइसेन्सको आवेदन फाराम भर्ने म्याद थप
मङ्गलबार, २९ असोज २०८१, १९ : ११
काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) आवेदन फारम भर्ने म्याद थप गरेको छ। आज राति ११ बजेर ५९ मिनेटसम्म रहेकोमा अब कार्तिक २ गतेसम्म भर्न सकिनेछ।
आयोगले भदौ ३१ गते सूचना जारी गरेर गर्दै आवेदन फाराम भर्न आह्वान गरेको थियो। अनलाइन पोर्टलमा दरखास्त फाराम भर्ने परीक्षार्थीहरूको अत्यधिक चाप रहेकाले म्याद थप गरिएको आयोगका उपसचिव कृष्णप्रसाद ढुङ्गानाले बताए ।
सिङ्गल दस्तुरमा कार्तिक २ गते राति ११ बजेर ५९ मिनेटसम्म अनलाइन मार्फत भर्न सकिनेछ। भने दरखास्त दस्तुर कार्तिक ४ गतेसम्म तिर्न सकिने आयोगले जनाएको छ।
दोब्बर दस्तुरमा भने कार्तिक ३ गतेदेखि ६ गते राती ११ बजेर ५९ मिनेटसम्म कायम गरिएको छ। दोब्बर दस्तुरको राजस्व तिर्ने समयावधि कार्तिक ७ गते कार्यालय समयसम्म कायम गरिएको आयोगले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७ महिनामा ११ वटा देशको भ्रमण गरिसकेका मोदी निम्तो पाएर पनि किन आएनन् नेपाल ?
-
पाकिस्तानमा विस्फोटमा परी ४ जनाको मृत्यु, ३२ घाइते
-
‘विदेशीले जस्तो शासन जमाउन रैथाने अपरिहार्य छ’
-
सूर्योदय र सूर्यास्त हुँदाको आनन्द लिन सकिने कोरीडाँडा
-
खेत–बारीमा विदेशी बीउको राज, झन्–झन् मासिँदै रैथाने बाली
-
पूजाको कप्तानीमा विश्वकप खेल्ने नेपाली टोलीको घोषणा, यस्तो छ खेल तालिका