३५ अर्ब निक्षेप थपिँदा बैंकिङ क्षेत्रको कर्जा परिचालन ७३ अर्ब
मङ्गलबार, २९ असोज २०८१, १७ : ४७

काठमाडौं । दुई महिमामा बैंक तथा वित्तीय संस्थाले ७३ अर्ब कर्जा परिचालन गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको दुई महिनामा यस्तो अवस्था देखिएको हो । यो कर्जा परिचालन समग्र कर्जाको १.४ प्रतिशत बराबर हो ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु.३३ अर्ब ६० करोडले बढेको थियो जुन ०.७ प्रतिशत हो । वार्षिक विन्दुगत (अघिल्लो वर्षको भदौ मसान्तको तुलना) मा भने यो विस्तार ६.६ प्रतिशतले बढेको छ ।
यो अवधिमा बैंकहरुको निक्षेप भने ३५ अर्ब रुपैयाँले मात्रै बढेको छ जुन कुल निक्षेपको ०.५ प्रतिशत बराबर हुन आउँछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ७ अर्ब ५६ करोड रुपैयाँले घटेको थियो । वार्षिक विन्दुगत आधारमा भने २०८१ भदौ मसान्तसम्मको निक्षेप विस्तार १३.८ प्रतिशत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिछडिएका समुदायको उत्थानका लागि स्वरोजगार कार्यक्रम
-
डोटीमा सवारी दुर्घटना, एकको मृत्यु, छ जना घाइते
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
मेनपावर कम्पनीले वार्षिक १०० जना कामदार विदेश पठाउनै पर्ने प्रावधान हट्यो
-
जनमत र नागरिक उन्मुक्ति पार्टीबिच एकता घोषणा आज
-
सत्तारुढ दलको बैठक आज बस्ने, के छन् छलफलका एजेन्डा ?