माल्दिभ्सका राष्ट्रपतिले धेरै मन्त्रीहरूलाई हटाए
मङ्गलबार, २९ असोज २०८१, १७ : ३९

माले । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले मंगलबार आर्थिक सुधारको एजेन्डा घोषणा गरेका छन् । उनले विभिन्न सरकारी मन्त्रालयका २ सय २८ राजनीतिक नियुक्तिलाई १५ दिनभित्र हटाउन निर्देशन दिएको बताएका हुन् ।
‘यसमा सात राज्यमन्त्री, ४३ उपमन्त्री, १०९ वरिष्ठ राजनीतिक निर्देशक र ६९ राजनीतिक निर्देशकहरू समावेश छन्। यसले सरकारी बजेटबाट हरेक महिना ५.७१४ मिलियन आरएफ (माल्दिभ्स मुद्रा) बचत गर्नेछ,’ मुइज्जुले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखे।
हालै विश्व बैंकले माल्दिभ्सले आर्थिक मोर्चामा धेरै चुनौतीहरूको सामना गरिरहेको जनाएको छ । यस्तो अवस्थामा माल्दिभ्सलाई व्यापक आर्थिक सुधारको तत्काल कार्यान्वयन आवश्यक छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलीको नाममा अर्को कीर्तिमान
-
तस्बिरमा हेर्नुहोस् नेपाल र म्यानमारको खेल
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा लम्साल नियुक्त
-
शिवपुरी राष्ट्रिय निकुञ्जमा हाइकिङ गएर अलपत्र परेका १० किशोरहरूको उद्धार
-
नेपाल र म्यानमारको खेल बराबरीमा सकियो
-
एयरपोर्टमा सुन ल्याए नल्याएको जाँच कसरी हुन्छ ?