समग्र मूल्यवृद्धि आधा भन्दा कम, खाद्यान्न र तरकारी भाउ आकासियो

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा मुद्रास्फीति दर आधा भन्दा धेरैले घटेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसँग तुलना गर्दा यस्तो अवस्था देखिएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार यो अवधिमा वार्षिक विन्दुगत रूपमा ३.८५ प्रतिशत मात्रै मूल्यवृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो वृद्धि ८.१९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
यो मूल्यवृद्धिमध्ये खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.०३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.१९ प्रतिशत रहेको रिपोर्टमा उल्लेख छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति दर क्रमशः ९.७७ प्रतिशत र ७.१९ प्रतिशत थियो ।
समग्र मूल्यवृद्धि कम देखिए पनि समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत दाल तथा गेडागुडीमा १०.८० प्रतिशत, तरकारीको ९.८४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.३४ प्रतिशत मूल्य बढेको रिपोर्टमा उल्लेख छ ।
रिपोर्टले गैरखाद्य क्षेत्रको मूल्यवृद्धि नियन्त्रणमा रहेको देखिए पनि अत्यावश्यक मानिने खाद्यान्न तथा तरकारीजन्य वस्तुमा भने भने मूल्यवृद्धि अहिले पनि नियन्त्रण बाहिर रहेको देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन पार्टीमै संस्थापनविरुद्ध इतर पक्षको जितको सन्देश के ?
-
लुलाङ–गुर्जा सडकः भालुखोरिया खण्डमा ट्रयाक खुल्यो
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
ज्येष्ठ नागरिकलाई निःशुल्क तीर्थयात्रा
-
सहिद परिवारको घरमा प्रचण्डको बास
-
करोडौँ राजस्व तिरिरहेका ‘फेसबुक’लगायत सामाजिक सञ्जाल किन बन्द गर्न खोज्दै छ सरकार ?