मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय

लोसपाको पार्टी कार्यालय खाली गर्न ताकेता

मङ्गलबार, २९ असोज २०८१, १७ : २२
मङ्गलबार, २९ असोज २०८१

काठमाडौँ  । सरकारबाट जग्गा प्राप्त गरेर नेपाल मधेसी निजामती कर्मचारी मञ्चले बनाएको भवनमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालको कार्यालय रहेको छ । 

सरकारबाट प्राप्त गरेको जग्गा कसैलाई भाडामा वा अरू प्रयोजनका लागि प्रयोग गर्न नदिने प्रावधान रहेपनि महन्थ ठाकुर नेतृत्वको पार्टी वर्षौँदेखि सो भवनमा बसेको हो । 

यसबारे निरन्तर प्रश्न उठेपछि मञ्चले उक्त कार्यालय खाली गर्न लोसपालाई ताकेता गरेको छ । 

नेपाल मधेसी निजामती कर्मचारी मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीले भने लोसपा नेपाललाई बबरमहलको भवन भाडामा नदिएको बताए । अहिलेसम्म सित्तैमा बसिरहेको बताउँदै उनले अब भने आफूहरूले पार्टी कार्यालय खाली गर्न भनिसकेको बताए । तर हालसम्म लोसपाले खाली नगरेको उनको भनाइ छ ।

उनले भने, ‘एक वर्षअघिदेखि हामीले सो भवन खाली गर्न लोसपालाई भनेका हौँ । तर हालसम्म खाली गरेको छैन । चैतमा हाम्रो मञ्चको महाधिवेशन हुँदैछ त्यो महाधिवेशनबाट भवनको सम्बन्धमा ठोस निर्णय गर्छौँ ।’

उसो त लोसपा बन्नुअघिको जनता समाजवादी पार्टी (जसपा) नेपाल तथा राष्ट्रिय जनता पार्टीको केन्द्रीय कार्यालय पनि त्यही भवनमा थियो । 

चौधरीका अनुसार २०६८ मा मधेसी कर्मचारी मञ्चले सो जग्गा सरकारबाट प्राप्त गरेको थियो । भवन निर्माणको शिलान्यास ठाकुरले नै गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?