मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय

पार्टी कार्यालय स्थापना गर्न दातालाई सिके राउतको यस्तो अफर

मङ्गलबार, २९ असोज २०८१, १७ : ०५
मङ्गलबार, २९ असोज २०८१

काठमाडौँ । सीके राउत अध्यक्ष रहेको जनमत पार्टीले आफ्नो पार्टी कार्यालय स्थापनाका लागि अक्षयकोष स्थापना घोषणा गरेको एक वर्षभन्दा बढी भएको छ । 

जनमत पार्टीको केन्द्रीय सचिवालयको २०८० असार ३ र साउन १ गतेको बैठकले पार्टीको स्थायी भवन संरचनाका लागि अक्षय कोष स्थापना गर्ने निर्णय गरेको थियो । निर्णयमा जनमत पार्टीले दाताहरूका लागि विभिन्न अफर समेत ल्याएको थियो । 

जसअनुसार पुरै भवन संरचना निर्माण गरिदिएमा दाताकै नामबाट भवनको नामकरण हुने भनिएको थियो । तीन करोड भन्दामाथि दान दिएमा सम्बन्धित दाताको नामबाट सभा र बैठक कक्षहरू नामकरण हुने, एक करोडमाथि दान दिने दाताको नामबाट कक्षहरू नामकरण हुने, १० लाखमाथि दान दिने दाताको नामअंकित शिला देखिने गरी राखिने समेत जनमतले बताएको थियो । यस्तै एक लाखमाथि दान दिने दाताको नाम साइनबोर्डको सूचीमा राखिने अफर जनमत पार्टीले दिएको थियो ।

२०८० साउन ४ गते सो पार्टीका प्रवक्ता डा.शरतसिंह यादवले जारी गरेको विज्ञप्तिमा अक्षयकोषको पैसा ‘मल्टिपल हल’ र पार्किङ सुविधा सहितको पार्टी कार्यालयको स्थायी भवन संरचना प्रयोजनको लागि मात्रै प्रयोग गरिने उल्लेख गरिएको छ । 

data

त्यो विज्ञप्तिमा यी दाताहरूका लागि अफरको घोषणा गरिएको कुरा उल्लेख गरिए पनि जग्गा दातालाई आउने चुनावमा समानुपातिक सांसद बनाउन प्राथमिकतामा राख्ने अफरको कुरा उल्लेख गरिएको छैन । तर सांसद बनाउने सो अफर अध्यक्ष राउतले आफ्नो फेसबुकमार्फत घोषणा गरेका थिए ।

अहिले अक्षयकोषको विषय कहाँ पुग्यो भन्ने रातोपाटीको प्रश्नमा सो पार्टीका उपाध्यक्ष अब्दुल खानले यसबारेमा आफूलाई जानकारी नभएको बताए । ‘कति रकम जम्मा भएका छ छ, त्यसबारेमा मलाई अहिले केही जानकारी छैन’, उनले भने । खानले बैठक बसेपछि त्यहाँबाट आफूले जानकारी लिने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?