गाउँ गएकाहरू फर्किन थाले, कोटेश्वरमा देखियो भिडभाड
मङ्गलबार, २९ असोज २०८१, १७ : ०१
_yG8EsGE9JM.jpg)
काठमाडौँ । २०८१ सालको बडादसैँको सार्वजनिक बिदा सकिएसँगै गाउँ गएकाहरू काठमाडौँ फर्किने क्रम सुरु भएको छ ।
पूर्वी नेपाललाई जोड्ने बीपी राजमार्ग र अरनिको राजमार्ग भएर काठमाडौँ उत्रिनेहरूको भीड मंगलबार कोटेश्वरमा देखिएको छ ।
बाढी र पहिरोबाट क्षतिग्रस्त बीपी राजमार्गमा मंगलबारबाट यसअघि जस्तै सवारी आवागमन खुल्ला गरिएपछि काठमाडौँ आउनेहरूको चाप बढेको छ । अरनिको राजमार्ग पनि सहज भएको छ ।
मंगलबारदेखि बडादसैँका लागि भनेर दिइएको पाँच दिनको सार्वजनिक बिदा सकिएसँगै काठमाडौँ जोडने कलङ्की र कोटेश्वरमा यात्रुहरूको चाप देखिएको हो । कोटेश्वर र जडीबुटी क्षेत्रमा सवारी जाम समेत सुरु भएको छ ।
पछिल्लो २४ घण्टामा ४८ हजार छ सय जना यात्रुहरू काठमाडौँ उपत्यका भित्रिएको ट्राफिक प्रहरी कार्यालयले तथ्याङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकासँग समान स्तरमा वार्ता गर्न इरान इच्छुकः राष्ट्रपति
-
एनएसएल हेर्न विश्वकप विजेता फुटबलर रोबर्टो कार्लोस नेपाल आउँदै
-
सेतो मछिन्द्रनाथको रथ जात्रा सुरु
-
चैत २५ भित्र सदस्य नबने एनआरएनएको एकता महाधिवेशनमा प्रतिनिधि बन्न नपाइने
-
तुलसी दिवसका तीन कविता
-
बारको वार्षिक साधारण सभा वैशाख ६ गते, नयाँ कार्यसमितिले पदभार ग्रहण गर्ने