मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय
राष्ट्र बैंकको रिपोर्ट

दुई महिनाको तथ्याङ्कमा आधारित देशको आर्थिक स्थिति सार्वजनिक (पूर्णपाठसहित)

मङ्गलबार, २९ असोज २०८१, १६ : ५२
मङ्गलबार, २९ असोज २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्षको दुई महिनाको तथ्याङ्कमा आधारमा आर्थिक स्थितिसहितको प्रतिवेदन सार्वजनिक  गरेको हो । 

जसअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.८५ प्रतिशत रहेको बैंकले जनाएको छ । यस्तै आयात १.१ प्रतिशतले बढेको छ भने निर्यात ५.१ प्रतिशतले घटेको छ ।  यसैगरी विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १५.२ प्रतिशतले बढ्दा शोधनान्तर स्थिति रु.१०१ अर्ब ७७ करोडले बचतमा रहेको बैंकले जनाएको छ । 

यसैगरी कुल विदेशी विनिमय सञ्चिति रु.२१५२ अर्ब ५३ करोड र अमेरिकी डलरमा १६ अर्ब ४ करोड रहेको छ भने नेपाल सरकारको खर्च रु.१३७ अर्ब ५५ करोड र राजस्व परिचालन रु.१६६ अर्ब ३९ करोड रहेको रिपोर्टमा उल्लेख छ । 

यसैगरी बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ०.५ प्रतिशतले बढ्दा निजी क्षेत्रमा प्रवाहित कर्जा १.४ प्रतिशतले बढेको बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?