अर्को मनसुनसम्मका लागि बाढी पूर्वानुमान कार्य स्थगित

काठमाडौँ । जल तथा मौसम विभागले यो वर्षको मनसुन सकिएको र नदीहरूमा पानीको बहाव कम भएकोले बाढी पूर्वानुमानको काम अर्को मनसुन सम्मका लागि स्थगित गरेको छ ।
मंगलबार एक सूचना जारी गर्दै विभागले मनसुन पूर्ण रूपमा बाहिरिएको र अब नदीहरूमा बाढी नबढ्ने देखिएकोले बाढी पूर्वानुमान र पूर्वसूचना सम्बन्धी नियमित कार्य अर्को मनसुनसम्म स्थगन हुने जनाएको हो ।
विभागले भनेको छ, ‘२०८१ सालको मनसुन नेपालबाट असोज २६ गते देखि पूर्णरूपमा बाहिरिएको र नदीमा बहाव उल्लेख्य बढ्ने नदेखिएकाले बाढी पूर्वानुमान र पूर्वसूचना सम्बन्धी नियमित कार्य अर्को मनसुनसम्म स्थगन हुनेछ । बिहान ७ बजे बाढी पूर्वानुमान बुलेटिन जारी नहुने, बाढी पूर्वसूचनाको टोल फ्री ११५५ अर्को मनसुनसम्म स्थगन हुनेछ ।’
यो वर्षको मनसुन अवधिमा बाढी पूर्वानुमान र पूर्वसूचनामा सहकार्य गर्नेहरूलाई पनि विभागको बाढी पूर्वानुमान महाशाखाले धन्यवाद ज्ञापन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवराज सुवेदीको ‘नजरबन्द’ हट्यो
-
दक्षिण पूर्वी एशियाबाट आउने सोलार प्यानलमा अमेरिकाले लगायो ३५२१ प्रतिशत ट्यारिफ
-
ओलीले एक दिन पनि सरकारको नेतृत्वमा बस्ने हैसियत गुमाइसकेका छन्: प्रचण्ड
-
प्रधानमन्त्री बन्नेहरूलाई काम गर्न नसके कान समातेर उठबस गर्ने वाचा खुवाउनुपर्छ : वामदेव गौतम
-
तीन हजार भन्दा बढी करदाताले बुझाएनन् विवरण
-
घट्यो ट्रम्पप्रतिको जन समर्थन, ट्रम्पले आफूलाई बलियो बनाउँदै लगेपछि चिन्तित जनता