पशुपतिमा तनाव कायमै, धर्मशालाको सुरक्षामा प्रहरी परिचालन (तस्बिरहरू)

काठमाडौँ । राजधानीको पशुपतिनाथस्थित गौशाला धर्मशालाको विषयमा तनाव कायमै रहेको छ । पशुपति क्षेत्र विकास कोषसँग भएको सहमतिअनुसार काठमाडौँ महानगरपालिकाले गौशाला धर्मशालाको व्यवस्थापन जिम्मेवारी पाएसँगै मारवाडी सेवा समिति विरोधमा उत्रिँदा तनाव उत्पन्न भएको हो ।
महानगरले धर्मशाला खाली गर्न उर्दी जारी गरिरहँदा मारवाडी सेवा समितिले भने मुद्दाको अन्तिम किनारा नलाग्दासम्म आफूहरूको न्यायिक अधिकार सुरक्षित हुनुपर्ने माग गरेको छ । यही विषयमा समितिमा आबद्धहरूले विरोध प्रदर्शन समेत गर्दै आएका छन् ।
धर्मशालाको विषयमा तनाव कम नभएपछि मङ्गलवार नै काठमाडौँ महानगरपालिकाले धर्मशाला सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग शान्ति सुरक्षा माग गरेको थियो । महानगरपालिकाले मङ्गलवार जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै शान्ति सुरक्षासहित निर्णय कार्यान्वयनमा सहयोगका लागि अनुरोध गरेको हो ।
पत्रमा धर्मशालाको व्यवस्थापनको जिम्मेवारी महानगरपालिकाले पाएकाले उक्त सहमति बमोजिम धर्मशाला सञ्चालन तथा व्यवस्थापन गर्न शान्ति सुरक्षा सहित आवश्यक सहयोगका लागि अनुरोध गरिएको छ ।
यसैबिच प्रशासनले धर्मशालाको सुरक्षाका लागि आजैदेखि प्रहरी खटाएको छ । धर्मशालाका साथै जनधनको सुरक्षाका लागि प्रहरी खटाइएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन