कात्तिक २–३ गते भिटामिन र जुकाको औषधि खुवाइँदै
मङ्गलबार, २९ असोज २०८१, १६ : ०२
![कात्तिक २–३ गते भिटामिन र जुकाको औषधि खुवाइँदै](https://npcdn.ratopati.com/media/news/vitamin-a-(2)_mKLIagXbgU.jpg)
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी कात्तिक २ र ३ गते देशैभर भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधि खुवाउने भएको छ । राष्ट्रिय पोषण कार्यक्रम अन्तरगत बालबालिकाहरूलाई औषधि खुवाउन लागिएको हो ।
साथै, १५ महिनासम्म लगाउनुपर्ने कुनै पनि नियमित खोप छुटेको छ भने ५ वर्ष मुनिका बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा छुटेको खोप लगाउन पनि मन्त्रालयले आग्रह गरेको छ । थप जानकारीका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न मन्त्रालयले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेस्की रकमको विषयमा धनुषामा प्रधानाध्यापक र शिक्षकबिच घम्साघम्सी
-
आर्थिक सुधारका लागि सरकारले अध्यादेश ल्याएको हो : महत
-
जनकपुरबाट सर्लाहीको बरहथवा जाँदै गरेको बस दुर्घटना
-
राष्ट्रियसभा बैठकको विशेष : केबलकार निर्माण विवाददेखि गोपनीयताको सवालसम्म
-
टाइमको कभरमा मस्क, राष्ट्रपतिको कुर्सीमा देखाइयो
-
अध्यादेशको बारेमा जसपा नेपालले अझै अनिर्णीत