मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय
सुनसान सिंहदरबार

सिंहदरबारका हाकिमहरूको सकिएन दसैँ, जुनियर कर्मचारीको हातमा मन्त्रालयका साँचो !

मङ्गलबार, २९ असोज २०८१, १५ : २७
मङ्गलबार, २९ असोज २०८१

काठमाडौँ । दसैँको सार्वजनिक बिदा सकिएसँगै मंगलबारदेखि सरकारी कार्यालय खुलेका छन् । कार्यालय खुलेसँगै सेवाग्राहीहरूको कामका लागि कार्यालय समेत जान थालेका छन् । 

तर, देशकै सबैभन्दा ठुलो प्रशासनिक निकाय सिंहदरबारको दसैँ अझै पनि सकिएको छैन । धेरैजसो मन्त्रालय तथा निकायका हाकिमहरू कार्यालयमा उपस्थित हुन सकेका छैनन् । 

अर्थ, गृह, परराष्ट्र, शिक्षा, पर्यटन लगायतका केही मन्त्रालयका मन्त्री तथा सचिवहरू कार्यालयमा उपस्थित भएका छन् । ती बाहेकका मन्त्रालयका मन्त्री, सचिव तथा अन्य कर्मचारीहरू भने  उपस्थित भएका छैनन् । 

singhadurbar  (8)

रातोपाटी मंगलबार सिंहदरबारभित्रका १३ वटा मन्त्रालयमा पुग्दा अधिकांशका मन्त्री, सचिव तथा अन्य कर्मचारी समेत अनुपस्थित रहेको देखियो । माथिल्लो तहका कर्मचारीको दसैँ नसकिएको तर, तल्ला तहका कर्मचारी भने उपस्थित भएको देखियो । उनीहरूले कार्यालय खोलेर आफ्नो ड्युटी अनुसारको काम गर्दै गरेको देखियो । 

singhadurbar  (2)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको दसैँ सकिएको छैन । उनी दसैँ मनाउन गाउँ गएकाले नफर्किएको मन्त्रालयमा उपस्थित अन्य कर्मचारीले बताए । त्यस्तै दसैँ मनाउन दाङ पुगेका सचिव भरतमणि सुवेदी पनि फर्किएका छैनन् ।  उनी बुधबारसम्ममा अफिसमा हाजिर हुने जानकारी आएको कर्मचारीहरूले बताएका छन् । 

singhadurbar  (10)

मन्त्रालयका अधिकांश सहसचिव, उपसचिव तहका कर्मचारी पनि अनुपस्थित छन् । मन्त्रालयमा शाखा अधिकृत तथा कार्यालय सहयोगी मात्रै छन् । मन्त्रालयका एक कार्यालय सहयोगीले व्यंग्यात्मक शैलीमा भने, ‘मन्त्रालय त हाकिमका पीए र कार्यालय सहयोगीले चलाएका छौँ । उहाँहरू बिस्तारै आउनुहुन्छ । अहिले हाम्रै हातमा चाबी छ ।’ 

त्यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका मन्त्री तथा सचिव समेत अनुपस्थित छन् । दसैँ मनाउन दुवै जना काठमाडौँ उपत्यका बाहिर छन् । सचिव मुकुन्द निरौलाले आज काठमाडौँ फर्किने र भोलिबाट अफिस आउने जानकारी कर्मचारीहरूलाई गराएका छन् । 

singhadurbar  (13)

त्यस्तै मन्त्री शरतसिंह भण्डारी समेत गृह जिल्लातिर छन् । उनी केही दिनपछि मात्रै फर्किन उनको सचिवालयले जनाएको छ । 

singhadurbar  (14)

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी विदेश भ्रमणमा छन् । विश्व खाद्य मञ्चको बैठकमा भाग लिन मन्त्री अधिकारी इटली प्रस्थान गरेका हुन् । 

त्यस्तै कृषि विकास सचिव डाक्टर गोविन्द प्रसाद शर्मा र पशुपन्छी विकास सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्र समेत कार्यालयमा अनुपस्थित छन् । मन्त्रालयका अन्य सह–सचिव तथा उपसचिव तहका अधिकांश कर्मचारीहरू समेत अनुपस्थित छन् । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका मन्त्री देवेन्द्र दाहाल भने कार्यालयमा उपस्थित छन् । सचिव केशव कुमार शर्मा समेत कार्यालयमै उपस्थित देखिए । मन्त्रालयका केही सह–सचिव तथा केही उपसचिव लगायतका कर्मचारी भने अनुपस्थित रहेका छन् ।

singhadurbar  (15)

त्यस्तै खानेपानी मन्त्री प्रदीप यादव एक छिन कार्यालयमा उपस्थित भएर बाहिर कुनै कार्यक्रममा गएका थिए । सचिव प्रमिला देवी शाक्य बज्राचार्य भने अनुपस्थित छिन् । 

त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे समेत एकछिन कार्यालय आएर बाहिर कार्यक्रमका लागि निस्किएका थिए भने सचिव डाक्टर गणेश प्रसाद पाण्डेय अनुपस्थित छन् । त्यस्तै राज्यमन्त्री अरूण कुमार चौधरी समेत अनुपस्थित थिए । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई समेत कार्यालयमा उपस्थित छिन् । तर शिक्षा सचिव डाक्टर दीपक शर्मा अनुपस्थित रहेका छन् । उनी आइतबारदेखि मात्रै कार्यालयमा हाजिर हुने मन्त्रालयका कर्मचारीले बताए । 

singhadurbar  (20)

यसैगरी ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्री दीपक खड्का कार्यालयमा उपस्थित रहेका छन् भने सचिव (उजा) सुरेश आचार्य र सचिव (जलस्रोत तथा सिँचाइ) सरिता दवाडी पनि कार्यालयमा उपस्थित छन् । मन्त्रालयका प्रवक्ता चिरञ्जीवी चटौत लगायतका केही कर्मचारी भने कार्यालय नआएको कर्मचारीहरूको भनाइ छ । 

त्यस्तै गृहमन्त्री रमेश लेखकले कार्यालयमा उपस्थित भएर काम समेत थालेका छन् भने अर्थमन्त्री विष्णु पौडेल र सचिव डा राम प्रसाद घिमिरे पनि मन्त्रालयमा उपस्थित छन् । मन्त्रालयका केही सह–सचिव तथा उपसचिवहरू भने उपस्थित छैनन् । उनीहरू कोही बुधवार आउने जानकारी आएको छ भने कोही केही दिनमा आउने जानकारी मन्त्रालयमा गराएका छन् । 

singhadurbar  (5)

मन्त्रालयका एक कर्मचारी भने दिउँसो साढे १ बजे कार्यालयमा उपस्थित भएका थिए । 

यसैगरी परराष्ट्र मन्त्री डाक्टर आरजु राणा तथा सचिव सेवा लम्साल समेत कार्यालयमा उपस्थित छन् । त्यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडी र सहरी विकास मन्त्री प्रकाशमान सिंहसमेत कार्यालयमा उपस्थित देखिएनन् । ती मन्त्रालयका सचिव तथा अन्य धेरै कर्मचारीहरू समेत कार्यालयमा उपस्थित देखिएनन् । 

हाकिमसहितका कर्मचारी नआएपछि तल्लो तहका कर्मचारी भने फुर्सदमा देखिएका छन् । कतिपय मन्त्रालयमा कर्मचारीहरू नआए पनि पङ्खा भने चलाएर राखेका छन् । कतिपय मन्त्रालयका कर्मचारीहरू काम नभएपछि क्यान्टिनतिर चिया, नास्ता, खानमा व्यस्त देखिए । 

singhadurbar  (1)singhadurbar  (3)singhadurbar  (4)singhadurbar  (6)singhadurbar  (7)

singhadurbar  (9)singhadurbar  (11)singhadurbar  (12)

singhadurbar  (16)singhadurbar  (17)singhadurbar  (18)singhadurbar  (19)singhadurbar  (21)singhadurbar  (23)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप
रोशन पोखरेल
रोशन पोखरेल
लेखकबाट थप

छुटाउनुभयो कि ?