आफूसँग सहमति नगरी नेपाल प्रिमियर लिग सञ्चालन नगर्न क्यानलाई आमिर अख्तरको चेतावनी
![आफूसँग सहमति नगरी नेपाल प्रिमियर लिग सञ्चालन नगर्न क्यानलाई आमिर अख्तरको चेतावनी](https://npcdn.ratopati.com/media/news/can_5CJPPDi811.jpg)
काठमाडौँ । नेपाली क्रिकेटको नेतृत्वदायी निकाय नेपाल क्रिकेट संघ (क्यान) ले निकट भविष्यमा फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना गर्ने तयारी अगाडि बढाएको छ । प्रतियोगिता आगामी मंसिर १६ गतेदेखि काठमाडौँमा आयोजना हुने भनिएको छ ।
क्यानले प्रतियोगिताका लागि खेलाडीहरुको अक्सनसमेत गराइसकेको छ । प्रतियोगितामा सहभागी आठवटै क्लब आ–आफ्नो तयारीमा ब्यस्त छन् । क्लबहरुले प्रतियोगिताको तयारीका लागि ठुलो राशी खर्च पनि गरिसकेको छन् । तर, अहिले आएर एनपीएल प्रतियोगितामा नयाँ विवाद सुरु भएको छ । पूर्वक्रिकेटर आमिर अख्तरले नेपाल प्रिमियर लिगको नाममा आफूले प्रतियोगिता सञ्चालन गर्दै आएको र यसको दर्ता पनि आफ्नै नाममा रहेको दाबी गरेका छन् ।
‘म आमिर अख्तर नेपालको पूर्वक्रिकेटर तथा एनपीएल र ईपीएलको सञ्चालक समेत हुँ । क्यानकै सहमतिमा मैले विगतमा एनपीएलको पहिलो संस्करण सञ्चालन गरेको ध्यानाकर्षण गराउन चाहन्छु । नेपाल प्रिमियर लिग प्रालिको एकल शेयर धनीका रुपमा कम्पनी रजिष्ट्रारको कार्यलयमा कम्पनी पनि दर्ता गराएको छु,’ उनले मंगलबार क्यानलाई सम्बोधन गरी लेखेको पत्रमा भनेका छन् ।
उनले आफ्नो स्वामित्वमा दर्ता रहेको नामबाट अरु कसैले प्रतियोगिता आयोजना गर्नु कानुन विपरितको काम भएको दाबी गरेका छन् । उनले क्यानलाई आफूसँग सहमति गरेरमात्र नेपाल प्रिमियर लिगको नाममा प्रतियोगिता सञ्चालन गर्न आग्रह पनि गरेका छन् ।
उनले आफ्नो इच्छा विपरित क्यानले नेपाल प्रिमियर लिगको नाममा प्रतियोगिता आयोजना गरे आफू कानुनी उपचार खोज्न बाध्य हुने चेतावनी पनि दिएका छन् । उनले क्यानसँग सहमति भएमा आफू नेपाल प्रिमियर लिगको स्वामित्व क्यानलाई हस्तान्तरण गर्न तयार रहेको पनि बताएका छन् । उनले क्यानलाई पठाएको पत्रको बोद्यार्थ राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्रालय, कम्पनी राजिष्ट्रारको कार्यालय र एनपीएलमा सहभागी आठवटै क्लबलाई पनि दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकविरुद्ध भ्रम नफैलाउन चार संस्थाकाे आग्रह
-
पूर्वप्रेमीले व्यक्तिगत सम्बन्धका भिडियो आफन्तको म्यासेन्जरमा पठाएपछि...
-
पूर्वाधार समितिमा मन्त्री खड्कालाई सत्ता र प्रतिपक्ष सांसदहरूको प्रश्नै–प्रश्न
-
भूमि आयोगको जिल्ला समितिमा १०१ जना सदस्य नियुक्त, को–कहाँ ? (सूचीसहित)
-
मेक्सिकन क्लब मोन्टेरीमा आबद्ध भए रियल म्याड्रिडका पूर्वखेलाडी सर्जियो रामोस
-
रेबिज लागे मृत्यु पक्का !, जोगिन के गर्ने ?