मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय
फोटोफिचर

तस्बिरमा हेर्नुहोस् काठमाडौँको शंखरापुर नाङ्लेभारेको सुन्दर धान खेत

मङ्गलबार, २९ असोज २०८१, १४ : ५२
मङ्गलबार, २९ असोज २०८१

काठमाडौँ । काठमाडौँ भन्ने बित्तिकै धेरैको मनमा न्यूरोड, बानेश्वर, बागबजार लगायतका मुख्य शहर बजार कल्पनामा आउला । तर भौगोलिक रूपमा काठमाडौँ जिल्लामा सहरी क्षेत्रमा मात्र सीमित छैन । काठमाडौँको ग्रामीण इलाकाको भूगोलको मात्रा पनि ठुलो रहेको छ । उपत्यकाभित्र मात्र सीमित नरही छेउका पहाडी भूभागहरू सम्म काठमाडौँ फैलिएको छ ।  

काठमाडौँको शंखरापुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका, टोखा नगरपालिका, नागार्जुन नगरपालिका, दक्षिणकाली नगरपालिकामा लगायतमा पहाडी भूभागहरू पर्छन् जहाँ मुख्य पेसाको रूपमा कृषि रहेको छ । जहाँ धान–गहुँ–मकै–कोदो–आलु लगायतका खाद्य बाली उत्पादन हुनुका साथै पशुपालन व्यवसाय पनि निरन्तर रूपमा अघि बढिरहेको छ ।

काठमाडौँको उत्तर पूर्वमा रहेको शंखरापुर नगरपालिकाका स्थानीयको मुख्य पेसा कृषि रहेको छ । कुल ६० दशमलव २१ वर्ग किलोमिटर क्षेत्रफल रहेको यो नगपालिका भक्तपुर, सिन्धुपाल्चोक, काभ्रे जिल्ला लगायत काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकासँग जोडिएको छ । राजधानी रहेको जिल्लाको नगरपालिका भएता पनि यहाँ ग्रामीण बस्ती र भौगोलिक रूपमा विकट क्षेत्र रहेको छ  ।

तामाङ, नेवार, ब्राह्मण, क्षेत्री, गुरुङ लगायतका जातजाति बसोबास गर्ने यस नगरका अधिकांश बासिन्दा कृषि पेसामा आबद्ध छन् । तरकारी, अन्नबाली र दूध उत्पादनमा यहाँका स्थानीयहरू बाह्रै महिना व्यस्त रहन्छन् । शंखरापुर नगरपालिकाको वडा नम्बर ६ र ७ आलु खेती र वडा नम्बर ४ स्कुस खेतीका लागि प्रख्यात रहेको छ ।

‘पर्यटन र कृषि समृद्धिको मूल आधार’ नारा सहित शंखरापुर नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिएको छ । कृषि पकेट क्षेत्र घोषणा गरेर कृषकहरूलाई सहुलियतमा उन्नत जातका बिउबिउन, कृषि प्राविधिक लगायतका सेवा दिँदै आएको नगरप्रमुख रमेश नापितले बताएका छन् । यो नगरपालिकाको वडा नम्बर १ नाङलेभारे धान गहुँ, मकै तथा दूध उत्पादनमा अगाडि रहेको छ । 

तस्बिरमा हेर्नुहोस् नाङ्लेभारेको धान खेत 

nanglebhare-dhan-khet (1)nanglebhare-dhan-khet (2)nanglebhare-dhan-khet (3)nanglebhare-dhan-khet (5)nanglebhare-dhan-khet (6)nanglebhare-dhan-khet (7)nanglebhare-dhan-khet (8)nanglebhare-dhan-khet (9)nanglebhare-dhan-khet (10)nanglebhare-dhan-khet (11)nanglebhare-dhan-khet (12)nanglebhare-dhan-khet (13)nanglebhare-dhan-khet (14)nanglebhare-dhan-khet (15)nanglebhare-dhan-khet (16)nanglebhare-dhan-khet (17)nanglebhare-dhan-khet (18)nanglebhare-dhan-khet (19)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप