मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय
पशुपति गौशाला विवाद

गौशाला धर्मशाला सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले प्रशासनसँग माग्यो सुरक्षा

मङ्गलबार, २९ असोज २०८१, १४ : ४३
मङ्गलबार, २९ असोज २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पशुपति गौशाला धर्मशाला सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग शान्ति सुरक्षा माग गरेको छ । महानगरपालिकाले मंगलबार जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै शान्ति सुरक्षासहित निर्णय कार्यान्वयनमा सहयोगका लागि अनुरोध गरेको हो ।

पत्रमा धर्मशालाको व्यवस्थापनको जिम्मेवारी महानगरपालिकाले पाएकाले उक्त सहमति बमोजिम धर्मशाला सञ्चालन तथा व्यवस्थापन गर्न शान्ति सुरक्षा सहित आवश्यक सहयोगका लागि अनुरोध गरिएको छ । 

जुन पत्र मंगलबार नै महानगरपालिकाले मारवाडी सेवा समितिले विरोध गरिरहेको गौशाला धर्मशालामा टाँसेको छ । कोषले मारवाडी सेवा समितिबाट खोसेर महानगरपालिकालाई गौशालाको जिम्मेवारी दिएसँगै समितिले विरोध गरिरहेको छ भने महानगरले कुनै पनि हालतमा सहमतिअनुसार काम अघि बढाउने बताइरहेको छ । 

462546183_1618450938764095_8330207958842319085_n

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप