मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय
पशुपति गौशाला विवाद

पशुपतिनाथको सम्पत्ति संरक्षण गर्नु सबैको कर्तव्य :  कोष

मङ्गलबार, २९ असोज २०८१, १४ : ३२
मङ्गलबार, २९ असोज २०८१

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले भगवान पशुपतिनाथको सम्पत्ति संरक्षण गर्नु सबैको कर्तव्य हुने बताएको छ । पशुपतिनाथको जग्गा र जग्गामा रहेको सम्पत्ति सेवासँग जोडेर कोही कसैले पनि गलत ढंगले अतिक्रमण गर्न नपाउने कोषले मंगलबार पत्रकार सम्मेलनमार्फत जनाएको छ । 

कोषले पशुपति धर्मशालाको सम्बन्धमा कानुनी प्रधानअनुसार नै अगाडि बढिरहेको भन्दे आगामी दिनमा पनि कानुनी प्रक्रिया अनुसार नै अघि बढ्ने स्पष्ट पारेको छ । 

पशुपति गौशालाको व्यवस्थापन जिम्मेवारी काठमाडौँ महानगरपालिकालाई दिने कोषको निर्णयको मारबाडी सेवा समितिले विरोध गरिरहेको बेला कोषले यस्तो बताएको हो । 

‘भगवान् श्रीपशुपतिनाथको जग्गा र जग्गामा रहेको सम्पत्ति सेवासँग जोडेर कोही कसैले पनि गलत ढंगले अतिक्रमण गर्न नदिई भगवानको सम्पत्तिको संरक्षण गर्नु हामी सबैको कर्तव्य हुने कुरामा दुई मत छैन, हुनु पनि हुँदैन । राज्य चलाउन आवश्यक पर्ने राजश्व भन्दा पनि उच्च स्वरूपमा भगवानको शिवस्व, देवस्व र ब्रह्मस्वले यस्तो नियत राख्ने जो कोहीलाई पनि पोल्ने छ भन्ने पनि हामीलाई राम्रोसँग ज्ञान छ’, पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ, ‘यसर्थ पशुपति क्षेत्र विकास कोष अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था भएकोले विधि, कानुन बमोजिम नै सञ्चालन हुन्छ । पशुपति गौशाला धर्मशालाको सम्बन्धमा पनि कानुनी प्रावधान अनुसार नै अगाडि बढिरहेको र आगामी दिनमा पनि कानुनी प्रक्रिया अनुसार रीत पुयाई अगाडि बढ्ने ब्यहोरा जानकारी गराउँदछौ ।’

यस्तै विज्ञप्तिमा गौशाला धर्मशालाको मोहीका सम्बन्धमा पनि उल्लेख गरिएको छ । जसमा २०२१ सालको नापीमा गौशाला रहेको र २०४२ सालको नापीमा गाइगोड र धर्मशाला भनेर पानी भएको उल्लेख छ। कोही कसैले कुनै व्यक्ति विशेष वा कुनै निकायलाई अन्यथा लेखिदिएकै भएपनि सोही आधारमा कानुनी हक प्राप्त गरेको मान्न नसकिने विज्ञप्तिमा उल्लेख छ ।  

462557493_1535992307287106_1226916822050365881_n

462547557_1499762300715879_2640565846383049490_n

3

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप