मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय

ब्यालेस्टिक क्षेप्यास्त्र हस्तान्तरण गरेको आरोपमा इरानमाथि युरोपेली आयोगको प्रतिबन्ध

मङ्गलबार, २९ असोज २०८१, १४ : १७
मङ्गलबार, २९ असोज २०८१

लक्सेम्बर्ग । युरोपेली आयोगले सोमबार युक्रेनविरुद्ध प्रयोग गर्न रुसलाई क्षेप्यास्त्र र ड्रोन हस्तान्तरण गरेको आरोपमा प्रमुख इरानी अधिकारीहरू र एयरलाइन्ससहितका संस्थाहरू विरुद्ध प्रतिबन्ध लगाएको छ । 

युरोपेली आयोगका विदेशमन्त्रीले इरान एयर लगायत सात संस्थाहरू र उप–रक्षामन्त्री सैयद हम्जेह घलान्डारी र रिभोलुसनरी गार्ड्स कुद्स फोर्सका वरिष्ठ अधिकारीहरूसहित सात जना व्यक्तिहरूमाथि प्रतिबन्ध लगाएको छ ।  प्रमुख युरोपेली शक्तिहरू बेलायत, फ्रान्स र जर्मनीले गत महिना रुसमा इरानी क्षेप्यास्त्र हस्तान्तरणलाई लिएर यस्तै प्रतिबन्ध जारी गरेका थिए । 

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले सम्पूर्ण ब्लकले अपनाएको प्रतिबन्धलाई स्वागत गर्दै भनिन्, “युक्रेन विरुद्ध रुसको आक्रमक युद्धलाई इरानी शासनको समर्थन अस्वीकार्य छ र यो बन्द हुनुपर्छ ।” इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले प्रतिबन्धलाई “अन्यायपूर्ण र अन्तर्राष्ट्रिय कानुन विपरीत“ भन्दै अस्वीकार गरेका छन् । उनले रुसलगायत अन्य देशसँग रक्षा र सैन्य सहयोग गर्ने इरानको अपरिहार्य अधिकारलाई पनि जोड दिनुभएको इरानको आधिकारिक समाचार एजेन्सी इरनाले जनाएको छ ।

इरानको कट्टर प्रतिद्वन्दवी इजरायलले पनि आयोगको यस कदमको प्रशंसा गरेको छ । त्यसैगरी प्रतिबन्धले रकेट र मिसाइल प्रक्षेपण गर्न प्रयोग हुने प्रणोदक उत्पादनमा संलग्न दुई कम्पनीलाई पनि लक्षित गरेको छ ।   इरानले भने युक्रेन विरुद्ध प्रयोग गर्न रुसलाई क्षेप्यास्त्र हस्तान्तरण गरेको पश्चिमी आरोपलाई अस्वीकार गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप