पुरातात्त्विक सम्पदाको संरक्षण गर्नुपर्छ : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँची जिल्लामा रहेका विभिन्न शक्ति पीठहरूको दर्शन गरेका छन् । मुख्यमन्त्री आचार्यले मालारानी गाउँपालिका–८ मा रहेको रागामारे मन्दिर र वडा नम्बर ३ मा रहेको मालारानी मन्दिरको दर्शन गरेका हुन् । उनले लुम्बिनी प्रदेश सरकारले पुरातात्त्विक महत्त्व बोकेका मठ, मन्दिर तथा सम्पदाको संरक्षण, संवर्द्धन र विकासका लागि प्राथमिकतामा राखेको बताए ।
लुम्बिनी पर्यटन सर्किट मार्फत १२ जिल्लाका धार्मिक तथा प्राकृतिक स्थलहरूलाई जोड्ने गरी योजनाअनुसार काम भइरहेको बताउँदै सरकारले सम्पदाको संरक्षण गर्नको लागि कुनै कमजोरी नराख्ने बताए । सबै धर्म, संस्कृति, परम्परा, सम्पदाहरूलाई प्रदेश सरकारले समान महत्त्व दिएको प्रस्ट पार्दै समुदायको साथ, सहयोग र सहकार्यबाट संरक्षण, संवर्द्धनका कामहरू हुने बताए ।
प्रदेश सरकारले विश्व पर्यटन दिवसको सन्दर्भ पारेर ‘घुमौँ लुम्बिनी’ को नारासहित लुम्बिनी आउने पर्यटकलाई लुम्बिनी पर्यटन सर्किटमार्फत १२ जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरूका पुर्याउने योजना अघि सारिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : शिक्षक आन्दोलनबारे सर्वोच्चलाई सरकारको जवाफ, पोखरा विमानस्थलसम्बन्धी प्रतिवेदन हस्तान्तरण
-
पाथीभरा केबलकारद्वारा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान
-
वैशाख १९ गते सङ्घीय संसद्का दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्ने
-
बुधबारसम्म शिक्षकहरुका माग सम्बोधन हुन्छन् : सञ्चारमन्त्री
-
भारतीय पूर्वराजदूतहरूसँगको भेटघाटमा बाबुराम भट्टराईले के भने ?
-
आईपीएल : गिल र बट्लरको विस्फोटक ब्याटिङ, राजस्थानसामु २ सय १० रनको लक्ष्य