मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय

पेस्तोलसहित एक जना पक्राउ

मङ्गलबार, २९ असोज २०८१, १३ : २४
मङ्गलबार, २९ असोज २०८१

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौतीबाट पेस्तोल र गोलीसहित एक जना पक्राउ परेका छन्  ।

पनौती नगरपालिका-१ बाट १ थान पेस्तोल र ३ राउन्ड गोली सहित सोही ठाउँ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-८ रानीकोट बस्ने ३६ वर्षीय प्रेम तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।  जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको बताइएको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप