बच्चाका लागि नशा भन्दा कम हुन्न यो कुरा

काठमाडौँ । आजकल बच्चाहरूमा एक वा दुई वर्षको उमेरमै स्क्रिन हेर्ने बानी बसिसकेको हुन्छ । बिस्तारै उनीहरूलाई मोबाइल फोन र टिभीमा लत लाग्छ ।
उनीहरू दिनभरि फोनमै टाँसिएर बस्न छाल्छन् । केही बच्चा त यति धेरै स्क्रिन हेर्न थाल्छन् कि आँखालाई पनि कमजोर बनाउँछ । आमाबाबुलाई लाग्छ कि मोबाइल फोनहरूबाट बच्चाहरूलाई कुनै नोक्सान छैन । तर यस्तो होइन । स्क्रिन समय बच्चाहरूको लागि गम्भीर समस्या बन्न सक्छ । यसले उनीहरूको मस्तिष्कलाई त प्रभाव पार्छ नै व्यवहारमा पनि नराम्रो असर गर्छ ।
धेरै मोबाइल हेर्दा बच्चा रिसाहा हुने, आक्रामक हुने र डिप्रेसन जस्ता समस्याहरू बढ्छ । लामो समयसम्म मोबाइल हेरिरहँदा उनीहरूको व्यवहारलाई धेरै परिवर्तन गर्न सक्छ । स्क्रिनको साइड इफेक्टका कारण बच्चाहरूमा एङ्गजाइटी र डिप्रेसन बढ्न थाल्छ । सुत्न समस्या हुन थाल्छ । मानसिक स्वास्थ्य बिग्रन्छ। बच्चाहरूमा व्यवहारसम्बन्धी समस्याका कारण तनाव बढ्छ । यी सबैका कारण बढी स्क्रिनटाइम हो ।
स्वास्थ्य विज्ञहरूको कुरा मान्ने हो भने मोबाइलको लत बसेको बच्चामा मुड स्विङ्ग, चिडचिडापन र अचानक रिसाउने समस्या बढ्न थाल्छ । यसले उनीहरूको विकासमा नराम्रो प्रभाव पार्छ । अभिभावकहरूले बच्चाहरूको व्यवहारमा परिवर्तनमा ध्यान केन्द्रित गर्नुपर्दछ । यदि बच्चाले राम्रोसँग खाँदैन वा सुत्दैन, स्कुल जान मन गर्दैन भने बच्चा मानसिक तनावमा हुन सक्छ। यस्तो अवस्थामा आमाबाबुले बच्चाहरूको विशेष हेरचाह गर्नुपर्दछ । व्यवहार सामान्य बनाउन ध्यान दिनु पर्छ । यसका लागि स्वास्थ्य विशेषज्ञहरूको सल्लाह लिन सक्नुहुन्छ ।
बच्चामा तनावका लक्षणहरू देखिन्छन्, मातापिताले धीर भएर बच्चाहरूलाई मायाले फकाउनु पर्छ, व्यवहार गर्नुपर्दछ । बच्चालाई के कुरामा समस्या भइरहेको छ, कुन कुराका तनाव छ भन्ने बुझ्ने कोसिस गर्नुहोस् । बाल विशेषज्ञसँग परामर्श गर्नुहोस् । समयमा सही विज्ञको मद्दत लिनु बच्चाको मानसिक स्वास्थ्यका लागि धेरै महत्त्वपूर्ण छ । बच्चाहरूलाई स्वस्थ मानसिक स्थिति सही राख्न अभिभावकहरूले नै मद्दत गर्न सक्छन् । सबै अभिभावकहरूले आफ्नो बच्चाको राम्रो मानसिक स्वास्थ्य तन्दुरुस्त राख्न कोसिस गर्नु पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिनियर इन्स्पेक्टरविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी
-
६२० प्यालेस्टिनी कैदीहरूको रिहाइ नहुँदासम्म हमासले रोक्यो वार्ता
-
नेपाल बैङ्कले बोलायो साधारणसभा, तीन सञ्चालक निर्वाचन गर्ने एजेन्डा
-
सङ्घीयताबाट पछाडि हट्न सक्ने स्थिति छैन : सांसद चन्द
-
‘कोशी एक्सिलेन्स अवार्ड’ साहित्यकार घिमिरेलाई अर्पण
-
आज पनि बढ्यो सुनको मूल्य, तोलामा कतिमा हुँदैछ कारोबार ?