मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चिसो मौसममा भुईँकटर खान हुन्छ ?

मङ्गलबार, २९ असोज २०८१, १२ : ४०
मङ्गलबार, २९ असोज २०८१

काठमाडौं । अबको केही हप्तामा जाडो सुरु हुँदैछ । जाडो मौसम मानिसका लागि राहतले भरिपूर्ण हुन्छ तर यो मौसममा रोगको प्रकोप पनि बढ्छ । 

यो मौसममा अलिकति लापरबाहीले पनि हामीलाई रुघाखोकी, ज्वरो र फ्लु आदि समस्या हुने गर्छ । यही कारणले जाडोमा खानपानमा बढी सावधानी अपनाउन सुझाव दिइन्छ । 

कयौँ यस्ता फलफूलहरू हुन्छन् जुन हामी गर्मी धेरै खान्छौँ । तर केहीको स्वादले जाडोमा पनि खाउँखाउँ हुन्छ । यस्तै एउटा फल भुईँ कटहर । यसलाई जाडोमा खानु हुन्छ कि हुन्न भन्ने प्रश्न धेरैको मनमा आउँछ । तर भुईँ कटहर जाडोमा पनि फाइदाजनक छ । आजको यस लेखमा हामीहरू जाडोमा भुईँ कटहर खानुको फाइदाबारे कुराकानी गर्नेछौँ ।

भुईँ कटहरमा भिटामिन सी, एन्टिअक्सिडेन्ट र फाइबर प्रशस्त मात्रामा पाइन्छ । यसले हाम्रो इम्युनिटी बलियो बनाउन मद्दत गर्छ । जाडोमा भुईँ कटहरको सेवन गर्न सकिन्छ र यसले भाइरल संक्रमणको जोखिमलाई कम गर्न सक्छ । चिसो मौसममा भुईँ कटहरले हाम्रो शरीरलाई धेरै रोगबाट बचाउन मद्दत गर्छ । यसमा ब्रोमेलेन नामक इन्जाइम हुन्छ, जसले पाचनमा मद्दत गर्छ र सुन्निएको पनि कम गर्छ । जाडोमा भुईँ कटहर खानु छालाका लागि पनि फाइदाजनक हुन्छ । भिटामिन सीले छालाको कोशिकाहरू मर्मत गर्छ र यसलाई चम्किलो बनाउँछ ।

जाडो मौसममा चिसो हावाका कारण हाम्रो छाला सुख्खा हुने र फुस्रो हुने जस्ता समस्या हुन थाल्छ । यस्तो अवस्थामा भुईँ कटहर खाँदा हाम्रो छालामा मोइष्चर कायम रहन्छ । यो फलले अनुहारलाई चम्किलो बनाउन पनि मद्दत गर्छ । भुईँ कटहरको सेवनले तौल नियन्त्रणमा मद्दत गर्छ । यो कम क्यालोरी भएको फल हो र यसमा फाइबरको मात्रा धेरै हुन्छ, जसले पेट भरिएको महसुस गराउँछ । तौल घटाउनका लागि यसको सेवन गर्न सकिन्छ । जाडोमा भुईँ कटहरको सेवन स्वादिलो मात्र नभएर स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । यसलाई सलाद, स्मूदी वा डेजर्टको रूपमा खान सकिन्छ । 

जाडोमा भुईँ कटहरको सेवन सबैका लागि फाइदाजनक मान्न सकिँदैन । केही मानिसलाई यसको  एलर्जी हुन सक्छ । भुईँ कटहर खाएपछि कतिपयलाई पेट पोल्ने हुन सक्छ । एसिडिटी वा पेटमा अल्सरको समस्या भएकाहरूलाई भुईँ कटहर खानु समस्याकारी हुन सक्छ, किनभने यो फल अम्लीय हुन्छ र यसले पेटमा जलन गराउन सक्छ । 

यसबाहेक मौसमी फलफूल वा प्यान्क्रियाटाइटिस जस्ता अवस्थाबाट पीडित व्यक्तिहरूले पनि भुईँ कटहरको सेवनबाट बच्नुपर्छ । गर्भवती महिलाहरूलाई पनि यसबाट बच्न सल्लाह दिइन्छ । तर यस्ता व्यक्तिले भुईँ कटहर खानु खानुअघि चिकित्सकसँग परामर्श गर्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप