मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यस्तो अनौठो हर्कतले जसलाई पुर्‍यायो जेल

मङ्गलबार, २९ असोज २०८१, १२ : ३४
मङ्गलबार, २९ असोज २०८१

 पोल्यान्डमा एक जना पुरुषलाई २२ महिनाको जेल सजाय सुनाइयो । अर्काको घर फोडेर घर धन्दा गरेको आरोपमा उनलाई हालै सो सजाय दिइएको थियो । 

यतिबेला ३६ वर्षका डामियन वोज्निलोविकलाई साह्रै रिस उठेको हुनु पर्छ । उसले ‘पीडित’बाट धन्यवाद त पाएनन् नै बरु उल्टै २ महीना जेलमा पनि बसिसकेका छन् । 

त्यो पनि उनीहरूले दिएको ऊजुरीको कारण । कुरा के हो भने उनी गएको गर्मीयाममा वेल्सको न्यूपोर्टमा रहेको दुई वटा घर फोडेर वोज्निलोविक भित्र छिरेका थिए । यसरी छिरेपछि उनले घरको सरसफाई गरे । भुई पनि फुछेर टिलिक्क पारिदिए । यस क्रममा उनले थोरै वाइन भने झिकेर खाएका थिए ।

दिनभरि थाकेर घर छिर्दा घरको भद्रगोल सबै मिलाएर राखेको रहेछ, लुगा पनि धोई वरी सुकाई दिएको रैछ अनि भँुई पनि पुछेर सफा पारिएको रहेछ भने तपाई के गर्नु हुन्छ ? वोज्निलोविकले घर मालिकको नाममा एउटा नोटमा पनि लेखेर छाडेका थिए । नोटको व्यहोरा लगभग यस्तो थियोः ‘पीर गर्नु पर्दैन्, खुसी रहनुहोस्, खानुस् अनि मस्त रहनुस् !’

वोज्निलोविक फोरेको घरका मालिकलाई उनको काम फिटिककै मन परेन । जुलाई १६ मा  घर मालिक घर आउँदा मैला लुगा थुपारेर राखिएको ठाउँ खाली थियो, चरालाई दाना हालिदिने ठाउँमा दाना भरेर राखिएको थियो, केही गमला भने यता उता सारिएको थियो । आफूलाई जीवनमा यस्तो कहिले नभएको अनि यो घटना भएको २ हप्तासम्म आफू निकै तनावमा बाँचेको नाम नखुलेको ती महिलाले भनेकी छिन् । आफूलाई चिनिरहेको मान्छेले त यस्तो गरेन भनेर उनले निकै सोच विचार पनि गरेकी थिइन् । कि कसैले आफ्नो पिछा पो गरिरहेको छ कि भन्ने चिन्ता पनि उनलाई लागेको थियो । चोरलाई आफू एक्लै बस्छु भन्ने थाहा छ र आक्रमण गर्ने हो कि भनेर पनि उनी पिरोलिएकी थिइन् ।

घटनापछि महिला आफ्नो घरमा बस्नै डराइन् र साथीको घरमा गएर बसिन् । जुलाई २९ मा पनि न्यूपोर्टमा यस्तै अर्को घटना भयो । यति बेला भने सीसीटीभी हेरेर घर मालिक सतर्क भइसकेका थिए । सीसीटीभी फुटेजमा वोज्निलोविक घर नजिक देखा पर्छन् । अनि घर फोरेर पस्छन् । केही वाइन खन्याएर खान्छन् । आफ्नो लुगा धुन्छन् । नुहाउँछन् । यति बेला नै घर मालिकका ज्वाई आइपुग्छन् र वोज्निलोविक समातिन्छन् । वोज्निलोविक बेघर भएको हालै अदालतमा वोज्निलोविकका वकिलले भनेका थिए । उनको यस व्यवहारले पीडितहरूलाई भएको असावधानीप्रति उनले माफी पनि मागेका थिए । घटनाको अवधिमा उनले कसैलाई हानी नपुयाएको भन्दै वकिलले उनको बचाव पनि गर्न खोजेका थिए । तर तर दुबै घटनामा वोज्निलोविकलाई दोषी ठहर गरियो र उनलाई २२ महीनाको जेल सजाय सुनाइयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप