आइतबार, २१ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

६ महिनामा ७ लाख ४० हजार अफगान शरणार्थी स्वदेश फर्किए

मङ्गलबार, २९ असोज २०८१, १२ : १३
मङ्गलबार, २९ असोज २०८१

काबुल । अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीले विगत ६ महिनामा करिब ७ लाख ४० हजार अफगान शरणार्थी आफ्नो मातृभूमि अफगानिस्तान फर्किएका बताएका छन् । 

अफगानिस्तानको सरकारी रेडियो र टेलिभिजनले गत ६ महिनामा छिमेकी देशहरूबाट झन्डै ७ लाख ४० हजार अफगान शरणार्थीहरू घर फर्किएका बताएका हुन् । करिब ६ लाख ५० हजार शरणार्थीहरू इरानबाट फर्केका छन् । 

८० हजार पाकिस्तानबाट र बाँकी १० हजार टर्किएबाट घर फर्केका छन् । गत वर्ष झन्डै २० लाख अफगान शरणार्थी स्वदेश फर्किएका छन् । करिब ७० लाख अफगान शरणार्थीहरू अझै पनि विदेशमा छन् । जसमध्ये अधिकांश छिमेकी पाकिस्तान र इरानमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप