मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय

हास्य कलाकार अतुल परचुरेको ५७ वर्षको उमेरमा निधन

मङ्गलबार, २९ असोज २०८१, १२ : १४
मङ्गलबार, २९ असोज २०८१

मुम्बई । अभिनेता तथा हास्यकलाकार अतुल परचुरेको सोमबार साँझ निधन भएको छ । उनी ५७ वर्षका थिए । 

उनलाई क्यान्सर भएको थियो । मराठी अभिनेता जयवंत वाडकरले सोमबार साँझ उनको निधनको जानकारी दिए।

एक न्यूज च्यानलसँग कुरा गर्दै उनले अतुलले मराठी नाटक ‘सूर्यची पिल्लई’ मा काम गर्न लागेको जानकारी दिए । यसैका लागि रिहर्सल गरिरहेका बेला उनको स्वास्थ्य बिग्रियो । पाँच दिनअघि अतुललाई फेरि अस्पतालमा भर्ना गरिएको जयवंतले बताए । उनी सन् २०२२ देखि क्यान्सरसँग लडिरहेका थिए। 

अतुल परचुरेले बलिउडमा ‘गोलमाल’, ‘पार्टनर’, ‘क्योँ की’ र ‘आवरापन’ जस्ता धेरै फिल्ममा काम गरेका थिए । उनी कपिल शर्माको शोमा पनि देखा परेका थिए ।

यस बाहेक उनले मराठी स्टेजमा आफ्नो अभिनयबाट धमाका मच्चाए । अतुलले मराठी फिल्म र धेरै टिभी सिरियलहरूमा पनि काम गरेका छन्।

धेरै फिल्ममा हास्य भूमिका निभाएका अतुलले टिभी शो 'आरके लक्ष्मण की दुनियाँ' बाट आफ्नो करियर सुरु गरेका थिए। उनले रोहित शेट्टीको फिल्म ‘अल द बेस्ट’ मा धोन्डुको भूमिका निभाएका थिए । उनी इमरान हाशमी स्टारर फिल्म ‘आवारापन’ मा पनि देखिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप