बुधबार, ३० असोज २०८१
ताजा लोकप्रिय

हिउँदमा फ्रिजलाई कति तापमानमा चलाउने ?

मङ्गलबार, २९ असोज २०८१, १२ : ०४
मङ्गलबार, २९ असोज २०८१

काठमाडौँ । अक्टोबर महिना चलिरहेको छ । बिहानैदेखि मौसममा अलिकति चिसो महसुस हुन थालिसकेको छ । अधिकांशले त घरको एयर कन्डिसनर (एसी) पनि चलाउन छाडिसके होलान् ।

जाडो चर्किन थालेपछि त फ्रिजको आवश्यकता पनि कमै महसुस हुन्छ । आजको यस लेखमा हामीहरू फ्रिजलाई कति तापमानमा चलाउने भन्नेबारे कुराकानी गर्नेछौं ।

जाडोमा हामी फ्रिजमा बरफ जमाउन वा पानीका बोतलहरू राख्न पनि छाड्छौं । यस्तोमा फ्रिजलाई कम तापक्रममा सेट गर्न सकिन्छ । बरफ बनाउन र पानीलाई चिस्याउन फ्रिजको तापक्रम बटन मध्यम वा उच्चमा सेट गर्नुपर्छ । हरेक फ्रिजमा गर्मी र जाडोको मौसमअनुसार तापमान सेट गर्ने विकल्प पनि हुन्छ । जाडोमा दूध, तरकारी, फलफूल, पकाएको खानेकुरा ताजा राख्नु त हो । यसका लागि तापक्रम कम भएपनि हुन्छ । यसो गर्दा बिजुलीको महसुल पनि कमै आउँछ ।

जाडोमा फ्रिजको तापक्रम न निकै बढी न निकै कम सेट गर्नुपर्छ । चिसो मौसममा फ्रिजको तापक्रम २ डिग्रीदेखि ५ डिग्री सेल्सियसको बीचमा राख्नुपर्छ । फ्रिजको आयतन (लिटर), वाट र साइज अनुसार तापक्रम समायोजन गर्नुपर्छ । यसका लागि विज्ञहरुको सल्लाह पनि लिन सकिन्छ ।

यस तापक्रममा कुनै पनि खानेकुरा वा पेय पदार्थ खराब हुँदैन र लामो समयसम्म ताजा पनि रहन्छ । बिजुलीको बिल पनि कम आउँछ । मौसम चिसो छ भनेर फ्रिज बन्दै गरेर राख्नु पनि राम्रो हुन्न । यसले उल्टै फ्रिजमा क्षति पु‍र्याउन सक्छ । बरु तापक्रम कम बनाएर चलाइराख्नु राम्रो हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?