मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय
खेलाडी

सुपरस्टार क्रिस्टियानो : अभावदेखि विश्वव्यापी प्रभावसम्म

मङ्गलबार, २९ असोज २०८१, १२ : ३०
मङ्गलबार, २९ असोज २०८१

काठमाडौँ । सन् २०२०को युरो कप चलिरहेको थियो । चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो पत्रकार सम्मेलनमा बोल्दै थिए । पत्रकारसामु रहेका उनले झिँजो मानेको भङ्गिमा हठात् आफ्नो अघिल्तिर राखिएको पेय पदार्थ कोकाकोलाका २ वटा बोतल अगाडिबाट हटाए र त्यहाँ पानीका बोतल राखिदिए । 

RR

प्रथम दृष्टिमा यो दृश्य देख्दा र यसबारे सुन्दा यो असाध्यै झिनो मसिनो सन्दर्भ लाग्नु स्वाभाविक हो । तर, कहिलेकाहीँ यस्तो घटना यत्तिमा मात्रै सीमित रहँदैन । यो घटना लगत्तै कोकाकोलाले ४ अर्ब अमेरिकी डलर बराबरको बजार मूल्य गुमायो । 

साथै शेयर बजारमा कोकाकोलाको मूल्यमा १.६ अङ्कको गिरावट देखा पर्‍यो । कोकाकोला कम्पनीले ‘पेय पदार्थ प्रत्येक व्यक्तिको निजी छनोट हुने’ भन्दै विज्ञप्ति निकाल्नु पर्‍यो । अर्थात् रोनाल्डोले आफ्ना अगाडि राखिएका कोकका बोतल हटाउँदा मात्र संसारभर त्यसको पक्ष–विपक्षमा बहस सिर्जना भयो । 

agencia-efe_multimedia_3943852.multimedia.photos.15298784.file

अर्थतन्त्रमै यो स्तरको असर देखिन सक्ने गरी भएको रोनाल्डोको प्रभाव उनको पारिवारिक विरासत वा प्रत्यक्ष औद्योगिक उत्पादनको नियन्त्रणबाट आएको होइन । न त उनी आपूर्ति शृङ्खलामा कब्जा गरेर उत्पादन र बजारलाई नै असर पार्ने सामर्थ्य राख्छन् ।

अत्यधिक मदिरा पिउने पिता र अभावमा संघर्षरत परिवारका कारण उनी जन्मनु अघि नै गर्न खोजिएको गर्भपतनको प्रयास असफल भएपछि जन्मेका रोनाल्डोले आजको खेलको दुनियाँमा आफ्नो प्रतिभा र लगन साटेर यो हैसियत बनाएका हुन । 

५५ करोड भन्दा धेरै फलोअर रहेका उनी विश्व बजारमा सनसनी फैलाउन सक्नेसम्मको प्रभाव राख्छन् भनी बुझ्न माथिको प्रसङ्ग पर्याप्त छ ।

  • त्यसपछि जन्मिए रोनाल्डो 

रोनाल्डो सन् १९८५ मा पोर्चुगलको पश्चिममा रहेको मडेरा स्वायत्त क्षेत्रमा जन्मेका हुन । उनका पिता बगैँचामा मालीको काम गर्थे र बेलाबखत स्थानीय रङ्गशालामा किटको काम पाएपछि, परिवारको जोहो चलाउनका लागि लागि त्यहाँ पनि काम गर्ने गर्थे ।  

448906054_806314454975461_2875500805360852296_n

आमाले भने अरूको घरमा भान्साको काम गर्थिन । रोनाल्डो जन्मने समय उनीहरूको परिवार असाध्यै अभावग्रस्त जीवन जिउन बाध्य थियो । तीन सन्तानसहित पाँच जनाको परिवारमा घरका मुली अर्थात् उनका पितालाई रक्सीको लत लागि सकेको थियो । 

पिताले आफ्नो कमाइको धेरै पैसा रक्सीमै खर्च गर्न थालेपछि परिवार धान्न चुनौतीपूर्ण हुँदै गई रहेको थियो । अभावग्रस्त जीवनमा अर्को बच्चा जन्माउनु ठिक नहुने ठहर गरेर गर्भपतन गर्ने विचार गरे उनका मातापिताले । यसका लागि डाक्टरकोमा पुग्दा गर्भपतनको समय गुज्री सकेकाले अब सम्भव नरहेको जानकारी पाए । त्यसपछि जन्मिए रोनाल्डो ।

  • राष्ट्रपति रोनाल्ड रेगनबाट रोनाल्डो

रोनाल्डोको जन्मताका अमेरिकामा फिल्म क्षेत्रबाट राजनीतिमा आएका चर्चित नायक तथा आकर्षक वक्ता रोनाल्ड रेगनको ठुलो चर्चा थियो । खुल्ला बजार र पश्चिमा व्यवस्थाको पक्षमा खुलेर बोल्ने तथा हास्यविनोदका लागि माहिर रेगन सबैमाझ लोकप्रिय थिए । रोनाल्डोका पिता डिनिस, रेगनका प्रशंसक थिए । 

रेगनबाट प्रभावित उनका पिताले तिनै रोनाल्ड रेगनको नामबाट छोराको नाम रोनाल्डो राखिदिए । रोनाल्डोको पुरा नाम– क्रिस्टियानो रोनाल्डो दस सान्तोस एभेरियो हो ।

ronaldo

रोनाल्डो हुर्कँदै जाँदा फुटबलप्रति उनको रुचि बाक्लिन थाल्यो । उनका पिता डिनिसले आफूले काम गर्ने क्लबका एक जना प्रभावशाली पूर्व खेलाडी फेर्नाओ बारोस सौसासँगको आफ्नो चिनजानलाई उपयोग गरेर छोरालाई आफूले काम गर्ने स्थानीय क्लब एन्डोरिनामा आबद्ध गराउन सफल भए । 

रोनाल्डोको खेलमा चमत्कारिक परिवर्तन देखिन थाल्यो । खेलमा निरन्तर प्रगति गर्न उनी हर क्षण प्रयत्नरत हुन्थे । रोनाल्डोमा अद्भुत लगन थियो । उनका पिताले किटको काम गरेर फर्कँदा आफूसँग फुटबल लिएर फर्कन्थे । रोनाल्डो जुनसुकै बेला पनि फुटबलसँग रमाई रहेका हुन्थे । 

CRc4IYtWIAAHv4t

अन्य विद्यार्थीहरू पढाइमा लागेको समय पनि उनी फुटबललाई विभिन्न तरिकाले ‘ड्रिबल’ गर्ने, ’कन्ट्रोल’ गर्ने तथा विभिन्न सीप सिक्न दत्तचित्त हुन्थे । आफ्नो समयका सफल खेलाडीका शैलीहरू अभ्यास गर्ने र पारङ्गत हुनेमा उनको ध्यान हुन्थ्यो । ९ वर्षको हुँदासम्ममा उनी आबद्ध क्लबका अधिकारीहरूले उनमा भविष्यको स्टारको झल्को देख्न थालिसकेका थिए ।

  • सर एलेक्स फर्गुसनको नजरमा

१२ वर्षको उमेरमै उनी पोर्चुगलको प्रतिष्ठित स्पोर्टिङ सीपीमा १५ सय युरोमा आबद्ध हुन पुगे । विद्यालयमा शिक्षकलाई कुर्सी प्रहार गरेर निकालिएका उनी अब पढाई छोडेर पूर्णरुपमा फुटबलमा समर्पित भए । 

मुटुमा देखिएको समस्याका कारण खेल जीवन अप्ठेरोमा पर्न थालेसँगै मुटुको शल्यक्रिया गरेर उनी फेरी फुटबलमा फर्किए । यसै एकेडेमीबाट उनी पोर्चुगलको राष्ट्रिय टिममा तथा बेलायतको विश्व प्रसिद्ध क्लब म्यानचेस्टर युनाइटेडमा पुगे ।

1073959-18825049-2560-1440

पोर्चुगलमा खेल्दै गर्दा रोनाल्डोको क्षमताको चर्चा बिस्तारै फुटबल जगतमा फैलिन थाल्यो । प्रख्यात बेलायती फुटबल म्यानेजरले आफ्नो पोर्चुगल प्रतिनिधि कार्लोस क्वेरेज मार्फत रोनाल्डोबारे बुझिरहेका थिए । उदीयमान खेलाडीका रूपमा रोनाल्डोको चर्चा बिस्तारै युरोपभर फैलिन थाल्यो । 

आर्सनल, रियल मड्रिड जस्ता क्लबहरू रोनाल्डोलाई आफ्नो क्लबमा आबद्ध गर्नेबारे छलफल गर्न थालिसकेका थिए । स्पेनी क्लब रियल म्याड्रिडले ८० लाख युरोमा उनलाई भित्राउने अनौपचारिक प्रस्ताव ल्याइसकेको थियो । संयोगले यसै वर्ष युरो च्याम्पियनसिपका लागि बनेको रङ्गशालामा स्पोर्टिङ लिस्बन र म्यानचेस्टर युनाइटेड बिच मैत्रीपूर्ण खेल भयो । 

खेलमा रोनाल्डोको ‘पोजिसनलाई’ हेर्ने जिम्मा जोन ओ–सिएको थियो । खेलमा रोनाल्डोको प्रदर्शन यति सशक्त देखियो कि युनाइटेडका अधिकारी तथा खेलाडी आफ्नो प्रतिद्वन्द्वी खेलाडीको कला र क्षमता देखेर कायल भए । 

skysports-ronaldo-ferguson-manchester-united_3825880

अवस्था कहाँसम्म पुग्यो भने खेल लगत्तै खेलाडी तथा अन्य अधिकारीले रोनाल्डोलाई युनाइटेड लैजान ढिलो गर्नै नहुने चर्चा गर्न थाले । एलेक्स फर्गुसनले आफ्नो आत्मकथामा आफूले क्लबका व्यवस्थापकलाई भनेको कुरा उल्लेख गर्दै यो सन्दर्भबारे लेखेका छन् ।

‘त्यो केटा (रोनाल्डो) कतिसम्म राम्रो छ भने त्यसलाई अनुबन्धन नगरेसम्म हामीले मैदान छोड्नै सक्दैनौँ ।’ अन्ततः रोनाल्डो १२.२४ मिलियन युरोमा म्यानचेस्टर युनाइटेडमा अनुबन्ध भए ।

सुरुवातमा उनी २८ नम्बरको जर्सी लगाउन चाहन्थे तर उनको भागमा भर्खरै खाली भएको ७ नम्बरको जर्सी पर्‍यो । त्यसअघि अर्का विश्वविख्यात बेलायती खेलाडीले लगाएको ७ नम्बरले उनलाई थप उत्साहित बनायो ।

क्लबको घरेलु मैदानमा उनको पहिलो खेल बोल्टन क्लबसँग पर्‍यो । उनको प्रस्तुति यति दमदार थियो कि बोल्टनका डिफेन्डर रोनाल्डोको असाधारण क्षमताका अघि कायल देखिए । रङ्गशालामा रहेका उपस्थित सबै दर्शक आँखा झिमिक्क नपारी खेल हेरी रहेका थिए । 

KG5_-_Getty.jpeg

रंगशालाभर उत्साहले अभूतपूर्व परिदृश्य सृजना गरिदिएको थियो । खेल सकिएपछि सबैको ओठमा रोनाल्डोबारेको उत्सुकता थियो । सर एलेक्स फर्गुसनले आफ्नो आत्मकथामा रोनाल्डोको डेब्युलाई मिहिन ढंगले वर्णन गर्दै लेखेका छन्– 

‘मैदानको छेउमा रहेको भीडले उनीहरूको आँखा अगाडि साँच्चै फुटबलको मसिहा नै उठेर आएको अनुभूति गराई दिएको थियो । त्यो परिदृश्य कुनै चमत्कार भन्दा कम थिएन ।’

यससँगै रोनाल्डोले विश्व फुटबल बजारमा आफ्नो पहिलो पाइला टेके । र, विश्वभरका फुटबल प्रेमीमा नयाँ आशा एवं विश्वास जगाए ।

  • सफलता र विवाद

सन् २००९ मा ९४ मिलियन युरोमा स्पेनिस क्लब रियल मड्रिडमा आबद्ध भए । आफ्नो अद्भुत खेल क्षमताका लागि नामुद रोनाल्डो बिस्तारै विश्वभर लोकप्रिय हुँदै गई रहेका थिए गए । उनको आफ्नो देश पोर्चुगलमा मात्रै नभई विश्वभरका करोडौँ मानिसको मनमा उनले छाप छोडी सकेका थिए । 

66418414_2275717722524267_5240812673326645248_n

ला लिगा, च्यााम्पियन्स लिग, युरो कप, विश्वकपलगायत प्रतियोगितामा उनको खेल हेर्न र उनलाई हेर्न मानिस विश्वभरबाट आउन थालेका थिए । अर्थात् उनी फुटबल जगतका सुपरस्टार थिए । 

उनले आफ्नो नेतृत्वमा टिमलाई धेरै उपाधि जिताए । उनी आफै पाँच पटक सर्वश्रेष्ठ खेलाडीका रूपमा सम्मानित भए । यो पुरस्कार युरोपभर सबै भन्दा धेरै पाउने उनी एक्ला खेलाडीमा दरिए । सन् २०२१ मा उनी फुटबल खेलेर नै अर्बपति बने । 

854e8c5d27fd11bb9e1d5aa64b58730a3d86b347.jpg

जुन सहरमा फुटबल खेल्नका लागि संघर्ष गर्नु पर्थ्यो, जुन रङ्गशालामा प्रवेश पाउन पिताले भनसुन गर्नु पर्थ्यो आज त्यो सहरमा उनको नाममा रंगशाला छ । उनका नामका पुरस्कार, मेडल र ट्रफीको सङ्ग्रहालय छ । उनको जन्म सहरमा उनको नामको विमानस्थल छ ।

तर, यी सबैका बाबजुद विवादले उनलाई पच्छ्याई रहेकै छ । उनी जीवनमा विवादहरूबाट घेरिएरै अघि बढी रहेका छन् । एक प्रतिभावान् युवकको खर्बौँ डलरको खेल बजारमा प्रवेश तथा उदयको कथाका अन्य पाटा–पक्षहरू पक्कै पनि छन् । त्यसबारे हामी अर्को आलेखमा खुलेर चर्चा गर्ने नै छौँ । 

अहिलेलाई यत्ति । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप