मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय

९ वर्षयता पहिलो पटक पाकिस्तान भ्रमणमा भारतीय विदेशमन्त्री

मङ्गलबार, २९ असोज २०८१, ११ : ४७
मङ्गलबार, २९ असोज २०८१

नयाँ दिल्ली । भारतीय विदेशमन्त्री एस जयशंकर दुई दिने भ्रमणका क्रममा मंगलबार पाकिस्तान जाँदैछन् । सांघाई सहयोग संगठन (एससीओ)को बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री जयशंकर पाकिस्तान जान लागेका हुन् ।

भारतीय विदेश मन्त्रालयका अनुसार विदेशमन्त्री जयशंकरले सांघाई सहयोग संगठनको सम्मेलनमा सहभागिता जनाउने छन् । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतीय समकक्षी नरेन्द्र मोदीलाई उक्त सम्मेलनमा सहभागी हुन निमन्त्रणा पठाएका थिए । तर मोदी पाकिस्तान नजाने भएपछि विदेशमन्त्री जयशंकरले भारतको प्रतिनिधित्व गर्न लागेका हुन् ।

करिब ९ वर्षमा पहिलो पटक भारतीय विदेशमन्त्रीले पाकिस्तानको भ्रमण गर्दैछन् । यसअघि डिसेम्बर २०१५ मा भारतको तत्कालीन विदेशमन्त्री सुष्मा स्वराजले पाकिस्तान भ्रमण गरेकी थिइन् । मंगलबार सुरु भएर बुधबारसम्म चल्ने दुई दिने सम्मेलनमा सहभागी हुन लागेका भारतीय विदेशमन्त्री जयशंकरले पाकिस्तानमा २४ घण्टाभन्दा कम समय बिताउनेछन् ।

भारत र पाकिस्तानबिचको सम्बन्ध त्यति राम्रो नरहेको अवस्थामा भारतीय विदेशमन्त्रीको भ्रमण हुन लागेको छ । यद्यपि भारतीय विदेशमन्त्रीले पाकिस्तान सरकारका प्रतिनिधिसँग भ्रमणका क्रममा छुट्टै भेट नगर्ने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप