मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय ट्रेड युनियनमा अजय राई निर्वाचित

मङ्गलबार, २९ असोज २०८१, ११ : ३४
मङ्गलबार, २९ असोज २०८१

काठमाडौँ । इन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशन ४६ औं वर्ल्ड कांग्रेसको इलेक्टोरल बैठकले नेपालका अजय कुमार राईलाई विश्व कार्य समिति सदस्य पदमा पुनः निर्वाचित गरेको छ ।

अक्टोबर १३ बाट शुरु भएको ईन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशन बेलायतको बैठकले राईलाई आगामी पाँच वर्ष अर्थात् सन २०२९ सम्मका लागि निर्वाचित गरेको हो । विश्व स्तरमा यातायाततर्फको ट्रेड युनियन क्षेत्रमा क्रियाशील १२८ वर्ष पुरानो उक्त संस्थाले नेपाल ट्रेड  युनियन कांग्रेसका महासचिव राईलाई पुनः निर्वाचित गरेको हो ।

फेडेरेशनको सन् २०१८ मा सिंगापुरमा सम्पन्न वर्ल्ड कांग्रेसमा पहिलो पटक नेपालबाट राई नै विश्व कार्य समिति सदस्यमा निर्वाचित भएका थिए ।

लण्डनमा मुख्यालय रहेको फेडेरेशनको १४९ देशमा सन्जाल छ ।  करिब दुई करोड सदस्य रहेको फेडेरेशनले नागरिक उड्डयन, पानी जहाज, रेल्वे, सडक, बन्दरगाह, पर्यटन, शहरी यातायात गरी नौ क्षेत्रका श्रमिकहरू समावेश छन् ।

विश्वभरका ७५० भन्दा बढी श्रमिक संगठनहरु यस फेडेरेशनसंग आबद्ध रहेका छन् । फेडेरेशनले यातायात क्षेत्रका श्रमिकहरुको लागि विश्वस्तरमा अन्तर्राष्ट्रिय श्रमिक संगठन (आईएलओ), आईकाओ जस्ता संस्थाहरुसंग सहकार्य गर्दै अन्तर्राष्ट्रिय कानुन बनाउने ,श्रमिक हक अधिकारका लागि गतिविधी हरुसन्चालनगर्दै यातायात श्रमिक संगठनहरुलाई सशक्त बनाउने काम गर्दै आएको छ ।

निर्वाचित राई करिब ३२ वर्षदेखि नेपालको श्रमिक आन्दोलनमा क्रियाशील छन् । नेपालका श्रमिकहरुको मुद्दालाई अन्तर्राष्ट्रिय स्तरमा आवाज उठाउँदै आएका उनी नेपाल यातायात मजदुर संघका प्रमुख सल्लाहकार समेत हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप