‘छक्कापञ्जा ५’ ले ५ दिनमा कति कमायो ?

काठमाडौँ । फिल्म ‘छक्कापञ्जा ५’ घरेलु बक्स अफिसमा राम्राे कमाइ गरेको छ । प्रदर्शनको सुरुको दिनदेखिनै राम्रो कमाउँदै अगाडि बढेको फिल्मले सोमबारसँग ८ करोडभन्दा बढीको व्यवसाय गरेको वितरक मनोज राठीले बताए ।
‘फिल्मले सोमबार साँझसम्म ८ करोड बढीको व्यवसाय गरिसकेको छ । यकिन विवरण साँझ मात्र भन्न सकिन्छ’, राठीले भने, ‘फिल्मको आम्दानी सोचेभन्दा राम्रो छ ।’ फिल्मले सुरुवातको दिन देखिनै राम्रो व्यवसाय गर्न सफल भएको कारण यतिछिटो यति धेरै व्यवसाय गरेको राठीको भनाई छ ।
सुरुको दिनमा प्रतिस्पर्धी फिल्म भन्दा करिब डबल पाएको फिल्मले प्राप्त शोलाई अकुपेन्सीमा बदल्नुपर्ने चुनौतीलाई सजिलै पार गर्दै अगाडि बढिरहेको दाबी गरिएमो छ । यसपटक यो फिल्मको कमाइ काठमाडौँ उपत्यकासँगै मोफसलमा पनि अधिक देखिएको छ ।
फिल्मले अस्ट्रेलिया र अमेरिकामा पनि राम्रो व्यवसाय गर्न सफल भएको निर्माण पक्षको दाबी छ ।
दीपाश्री निरौला निर्देशित फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, वर्षा शिवाकोटी, मेक्सम गौडेल, राजाराम पौडेल, रमेश बुढाथोकी लगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिग : नटिङघम, उल्भ्स र ब्रेन्टफोर्ड विजयी, म्यान्चेस्टर सिटीलाई घाटा
-
ला लिगा : बार्सिलोनालाई उछिन्दै फेरि शीर्ष स्थानमा उक्लियो रियाल मड्रिड
-
सम्झौताको म्याद सात महिना बाँकी छँदै बन्यो मोटरेबल पुल
-
भैरहवामा धम्म यात्रा, बाटोमा फूल छरेर भिक्षुको स्वागत
-
अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधीजन्य हुरीको बबण्डर, १८ जनाको मृत्यु
-
नागार्जुनको गौतम गाउँमा आगलागी, बाटो साघुँरो हुँदा आगो निभाउन सास्ती