विमानस्थलमा आफ्ना खेलाडीले दुःख पाएको भन्दै लिबियाविरुद्धको खेल बहिष्कार गर्ने नाइजेरियाको निर्णय
काठमाडौँ । नाइजेरियाले लिबियामा खेलिने अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको छनोट खेल बहिष्कार गर्ने भएको छ । अफ्रिका कप अफ नेशन्सको खेल तालिका अनुसार, नाइजेरियाले मंगलबार राति लिबियाको घरेलु मैदानमा छनोट प्रतियोगिता खेल्ने कार्यक्रम छ ।
तर, नाइजेरियाले अन्तिम समयमा आएर उक्त खेल बहिष्कार गर्ने निर्णय लिएको थियो । खेलका लागि नाइजेरियाको टोली लिबिया पुगिसकेको थियो । तर, विमानस्थल ब्यवस्थापन र लिबिया फुटबल संघका अधिकारीहरुको बेवास्ताका कारण आफ्ना खेलाडीले रातभर विमानस्थलमा दुःख पाएको नाइजेरियाको आरोप छ ।
‘सुपर ईगल’ टोलीका खेलाडीहरु आइतबार लिबियाको बेनघाजीमा विमास्थलमा अवतरण गर्ने कार्यक्रम थियो । बेनघाजी लिबियाको दोस्रो बढी जनसँख्या भएको सहर हो । तर, नाइजेरियाका खेलाडी सवार विमानलाई अल अब्राकतर्फ मोडिएको थियो ।
अल अब्राक विमानस्थलबाट खेलस्थल दुई सय ३० किलोमिटर टाढा पर्छ । नाइजेरियाका खेलाडी अल अब्राक विमानस्थलमा अवतरण भएपछि पनि आफ्ना खेलाडीले निकै दुःख पाएको नाइजेरिया फुटबल महासंघले जनाएको छ ।
महासंघका अनुसार, सबै प्रक्रिया पुरा गरेर नाइजेरियाका खेलाडीले विमानस्थलबाट बाहिरिने बेलामा विमानस्थलको गेट बन्द गरिएको थियो । खेलाडीहरुले विमानस्थलमा थुनिनु पर्दा आफूहरुले खाना र पानीसम्म नपाएको गुनासो पनि गरेका छन् ।
नाइजेरियन टोलीका कप्तान विलियम ट्रोस्ट–एकोङले पनि आफूहरुले लिबियाविरुद्धको खेल वहिष्कार गर्ने निर्णय लिएको बताए । उनले नाइजेरिया सरकारलाई पनि यस विषयमा जनाकारी गराइसकिएको बताए । ‘हामीले लिबियाविरुद्धको खेल नखेल्ने निर्णय लिएका छौँ । हाम्रो सरकारलाई पनि यस विषयमा जानकारी गराएका छौँ । लिबियाबाट तत्काल हाम्रो उद्धार गर्न पनि सरकारसँग आग्रह गरेका छौँ,’ उनले भने ।
नाइजेरियाका खेलकुदमन्त्री जोन ओवान एनोहले खेलाडीको सुरक्षाको विषयलाई लिएर आफूहरु निकै चिन्तित रहेको बताएका छन् । ‘हामी तत्काल लिबियाबाट आफ्ना खेलाडीको उद्धार गर्ने तयारीमा छौँ । हामी आफ्ना खेलाडीको सुरक्षाको विषयलाई लिएर निकै चिन्तित छौँ,’ उनले भने ।
लिबिया फुटबल महासंघले भने भुलवश यस्तो त्रुटी भएको भन्दै क्षमा याचना गरेको छ । ‘यो घटना जानाजान भएको होइन । गल्तिका कारण यस्तो भएको हो । यो दुःखद घटनाका लागि हामी क्षमा याचना गर्छौँ,’ लिबियिा फुटबल महासंघले भनेको छ ।
अर्कोतिर, अफ्रिकन फुटबल महासंघ बिवादलाई साम्य पार्ने तयारीमा जुटेको छ । ‘हामी घटनाको बारेमा विस्तृत रुपमा छानबिन गरिरहेका छौँ । लिबियामा रहेका आफ्ना प्रतिनिधिमार्फत सबै कुरा बुझ्ने प्रयास गर्दैछौँ,’ अफ्रिकी फुटबल महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिथुआनिया पठाइदिने भन्दै ११ लाख ठग्ने गौतम पक्राउ
-
जीप दुर्घटना अपडेट : जीपमा सवार चारै जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : तीन वर्षदेखि विरामी सचिनलाई राज्यले गरेन सहयोगदेखि रविको ‘थाहा छैन’ थेगो संगठित अपराधको ‘कोड भाषा’!
-
बझाङमा जिप दुर्घटना, तीन जनाको मृत्यु
-
१२ अर्ब बजेटको समीक्षामा खर्बौंका आयोजनामाथि बहस
-
एमालेले भीम रावललाई निष्कासन गरेको विषयमा माओवादीले भन्यो– तानाशाही हर्कत !