शान्ति सैनिकमाथि भएको आक्रमणको नेपालसहित ३४ देशद्वारा निन्दा
_NvWBMK6hlZ.jpg)
काठमाडौँ । दक्षिणी लेबनानमा रहेको शान्ति सेनाको बेसमा भएको आक्रमणको नेपालसहित ३४ देशहरूले विरोध जनाएका छन् । संयुक्त राष्ट्र संघका अनुसार इजरायली सेना आइबार शान्ति सेनाको बेसमा जबरजस्ती घुसपैठ गर्दै गोलाबारी गरेको थियो ।
संयुक्त राष्ट्र संघको अन्तरिम बल (यूनिफिल) मा योगदान गर्दै आएको राष्ट्रका रुपमा नेपालले यूनिफिलको मिसन र गतिविधिप्रति समर्थन जनाएको छ । नेपालले यूनिफिलका शान्ति सैनिकमाथि भएको आक्रमणको भर्त्सना गर्दै सङ्घर्षरत पक्षलाई उनीहरूको सुरक्षाको ग्यारेन्टी गर्न आग्रह गरेको छ । साथै, यस्ता घटनाहरु तुरुन्त बन्द गर्नुपर्ने र यस घटनाको आवश्यक छानबिन गरिनुपर्ने नेपालले बताएको हो ।
यूनिफिल लेबनानका अनुसार आइतबार इजरायली सेनाको ट्याङ्कले मुख्य गेट तोडेर गोली चलाएको थियो जसका कारण शिविर धुवाँले भरिएको थियो । घटनामा १५ शान्ति सैनिकलाई छालाको जलन र पेटसम्बन्धी समस्या भएको छ ।
यता, इजरायली सुरक्षा बल (आईडीएफ) ले भने आफ्ना घाइते सैनिकहरूलाई बाहिर निकाल्न युनिफिल पोजिशनमा प्रवेश गरेको बताएको छ। इजरायलले बारम्बार शान्ति सैनिकहरूलाई दक्षिणी लेबनानका क्षेत्रहरूबाट फिर्ता हुन आग्रह गर्दै आएको छ । यूनिफिलले अहिलेसम्म इजरायलका यी अनुरोधहरूलाई अस्वीकार गर्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : हिंसात्मक बन्यो शिक्षक आन्दोलनदेखि .गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्तासम्म
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा