अर्थ
दसैँपछिको पहिलो कारोबारमा सुनको मूल्य बढ्यो
मङ्गलबार, २९ असोज २०८१, १० : ४७

काठमाडौँ । दसैँपछिको पहिलो कारोबारका दिन मंगलबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा १ लाख ६० हजार ५०० रुपैयाँ कायम भएको हो । यसअघि असोज २३ गते सुनको मूल्य तोलामा १ लाख ५९ हजार १०० रुपैयाँ कायम भएको थियो ।
उक्त दिनको तुलनामा दसैँपछि आज कारोबार हुँदा सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ बढेको हो ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । असोज २३ मा तोलामा १ हजार ९०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज रु २५ बढेर तोलामा १ हजार ९२५ रुपैयाँमा कारोबार भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एस्टन भिल्लालाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको सेमीफाइनलमा प्रवेश
-
जर्मनीमा हार व्यहोरेर पनि बार्सिलोना च्याम्पियन्स लिगको सेमीफाइनलमा
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ, कसको मूल्य कति ?
-
सुनसरी गोली प्रहार घटनामा संलग्न तीन जना पक्राउ
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित