चोरीको आरोपमा पक्राउ परेकाको साथबाट नक्कली नोट बरामद

रौतहट । प्रहरीले रौतहटका छुट्टाछुट्टै स्थानबाट नक्कली नोट र लागु औषधसहित एक–एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार चोरीको अभियोगमा पक्राउ परेका परोहा नगरपालिका वडा २, जिङगडवा टोल बस्ने १९ वर्षीय अभिषेक कुमार यादवको साथबाट नेपाली नक्कली नोट बरामद भएको हो ।
आइतबार राति अढाई बजेको समयमा परोहा–४, हवारी चोकस्थित इशराइल मियाँले सञ्चालन गरेको किराना पसलमा चोरी भएको थियो । पक्राउ परेका अभिषेक लगायत ३ जनाले चोरी गरेको सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट लौकाहाबाट गएको टोलीले आरोपित अभिषेकलाई पक्राउ गरेको थियो । चोरीमा संलग्न अन्य दुई जना फरार रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका अभिषेकको शरीर खानतलासी गर्दा एक हजार दरको २ थान नक्कली नोट फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपक कुमार रायले बताए ।
त्यस्तै चन्द्रपुर नगरपालिका वडा नम्बर ४ बस्ने २६ वर्षीय मनोज राईलाई विभिन्न किसिमका लागु औषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
असोज २५ गते दिउँसो अस्थायी प्रहरी पोष्ट बसपार्क, गौरबाट खटिएको प्रहरी टोलीले मनोज राईलाई चेकजाँच गर्दा निजको साथबाट डाईजेपाम ३० एम्पुल, प्रोमेथाजाइन ३० एम्पुल र बुप्रोनाईफाइन ३० एम्पुल गरी जम्मा ९० एम्पुल लागु औषध बरामद भएको प्रहरी प्रवक्ता रायले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योग क्षेत्र समृद्धिको बाटोमा छ : उद्योगमन्त्री भण्डारी
-
क्षतिग्रस्त बीपी राजमार्ग पुनर्निर्माण : चारवटा प्याकेजमा ठेक्का, एउटा प्याकेज जाइकालाई दिइने
-
महेन्द्र मोरङ क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा आगजनी
-
‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रतिनिधिसभामा प्रस्तुत
-
दुर्गा प्रसाईँजस्ता व्यक्तिहरूले सामाजिक सञ्जालको दुरुपयोग गरिरहेका छन् : मन्त्री गुरुङ
-
सुशासन प्रवर्धनसम्बन्धी विधेयकमा दिएका ६ सांसदका विरोधका सूचना अस्वीकृत