नेदरल्याण्ड्सलाई हराउँदै क्वार्टरफाइनल नजिक जर्मनी
मङ्गलबार, २९ असोज २०८१, ०८ : ०५

म्युनिख । नेदरल्याण्ड्सलाई हराउँदै जर्मनी यूईफए नेसन्स कपको क्वार्टरफाइनल नजिक पुगेको छ । सोमबार राति भएको खेलमा जर्मनी १–० गोलले विजयी बन्यो ।
खेलमा जेमी लेवेलिङले ६४ औँ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । यसअघि उनले गरेको अर्को गोल अफसाइड भन्दै भीएआरले रद्द गरेको थियो ।
खेलमा डच टोलीले निकै कम अवसर सिर्जना गरेको थियो । टोलीको दुईवटा प्रहार भने क्रसबारमा लागेको थियो ।
समूह ए३ मा जर्मनी ४ खेलबाट १० अङ्क बटुल्दै शीर्ष स्थानमा रहेको छ । नेदरल्याण्ड्स र हंगेरी समान ५ अङ्कसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । बोस्निया हर्जगोभिना १ अङ्कसहित पुछारमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नौ वर्षपछि दोदा नदीमा पुल बन्दै
-
प्रिमियर लिगमा ब्रेन्टफोर्ड र एस्टन भिल्लाको शानदार जित
-
राजस्थानमाथि लखनऊको रोमान्चक जित, अंक तालिकामा पनि सुधार
-
व्यक्तिगत लगानीमा बनाइएको शिद्वेश्वर धाम वनलाई हस्तान्तरण
-
१२ बजे, १२ समाचार : आइतबार फेरि राप्रपाको प्रदर्शनदेखि नेपाल बारको नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरणसम्म
-
बार एसोसिएसनको नवनिर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण