मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय
महिला टी–२० विश्वकप

पाकिस्तानलाई हराउँदै न्युजिल्याण्ड सेमिफाइनलमा, भारत समूह चरणबाटै बाहिरियो

मङ्गलबार, २९ असोज २०८१, ०५ : ४९
मङ्गलबार, २९ असोज २०८१

शारजाह । पाकिस्तानलाई ५४ रनले पराजित गर्दै न्युजिल्याण्ड महिला क्रिकेट टोली आईसीसी महिला टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । योसँगै भारतीय क्रिकेट टोली पनि समूह चरणबाटै बाहिरिएको छ । 

 दुबई अन्तर्राष्ट्रिय रंगशालामा न्युजिल्याण्डले टस जितेर ब्याटिङ रोजेको थियो । टोलीले २० ओभरमा ६ विकेट गुमाएर ११० रन बनाएर पाकिस्तानलाई जितका लागि १११ रनको लक्ष्य दिएको थियो। 

389075

न्युजिल्याण्डका लागि सुजी ब्याट्सले सर्वाधिक रन बनाइन् । उनले २९ बलमा २८ रनको इनिङ्स खेलिन् । ब्रुक ह्यालिडेले २२ रन जोडिन् भने जर्जिया प्लिमरले १७ रन जोडिन् । पाकिस्तानका नसरा सन्धुले ३ विकेट लिइन् ।

जवाफमा पाकिस्तानी टोली ११.४ ओभरमा ५६ रनमा अलआउट भयो।  पाकिस्तानी टोलीको सुरुवात खराब रह्यो । टोलीले पहिलो ६ ओभरमा २८ रन बनाएर ५ विकेट गुमाएको थियो । 

ओपनर आलिया रियाज शून्य, इरम जावेद ३ र सदफ शम्स २ रन बनाएर आउट भएकी थिइन् । पहिलो ओभरमा फ्रान जोन्सले दुई विकेट लिए ।

389076

खराब सुरुवातपछि पाकिस्तानको टोली मध्य ओभरमा नै विखण्डित भयो । टोलीले ५.४ ओभरमा २८ रनमा अन्तिम ५ विकेट गुमाएको थियो । 

पाकिस्तानका लागि मुनिबा अलीले १५ रन र फातिमा सानाले २१ रन जोडिन् । यसबाहेक पाकिस्तानका कुनै पनि खेलाडीले दोहोरो अङ्क पनि पार गर्न सकेनन् ।खेलको प्लेयर अफ द म्याच इडेन कार्सन घोषित भइन् । उनले ३ ओभरमा ७ रन दिएर २ विकेट लिइन् । अमेलिया केरले ३ विकेट लिइन् ।

समूह ए बाट अस्ट्रेलिया र न्युजिल्याण्ड सेमिफाइनलमा पुगेका छन् । जबकि भारत, पाकिस्तान र श्रीलंका विश्वकप जित्ने दौडबाट बाहिर छन् ।

389081

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप