सोमबार, २८ असोज २०८१
ताजा लोकप्रिय

यात्रुबाहक बस र ट्रक आपसमा ठोक्किँदा ३० जना घाइते

सोमबार, २८ असोज २०८१, २० : ४८
सोमबार, २८ असोज २०८१

हेटौँडा । मकवानपुरको मनहरीमा सवारी दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । सोमबार दिउँसो मनहरी गाउँपालिका–६ चौकीटोल स्थित पूर्व पश्चिम राजमार्ग सडक खण्डमा यात्रु बहाक बस र ट्रक आपसमा ठोक्किँदा सो दुर्घटना भएका ेहो । 
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको ना ७ ख ३१२० नम्बरको बस र मनहरीबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ३११९ नम्बरको ट्रक एक आपसमा ठक्कर खाएका थिए ।
 
दुर्घटनामा घाइते भएकाहरु मध्ये पुरानो मेडिकल कलेज चितवनमा १३ जना र नँया मेडिकल कलेज चितवतमा १३ जना र ४ जना घाईते हेटौंडा अस्पताल उपचार भई रहेको प्रहरीले जनाएको छ । घाईते सबै जनाको अवस्था मध्यम रहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप