तीन महिनामा ६ गैँडा मरे
सोमबार, २८ असोज २०८१, १९ : ०९

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैँडा मृत भेटिएका छन् । साउन महिनायता ती गैँडा मृत भेटिएका हुन् ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा पनि २१ वटा गैँडा मरेका थिए । जसमध्ये १८ गैँडा प्राकृतिक कारणले, दुई चोरी शिकारीले तथा एउटा गैँडा मृत्युको कारण खुल्न नसकेको उनले बताए ।
पछिल्लो गणनाअनुसार नेपालमा एकसिङ्गे गैँडाको सङ्ख्या सात सय ५२ रहेको छ । चितवन राष्ट्रिय निकुञ्जमा मात्रै छ सय ९४ गैँडा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति समाधान होइन: उपमहासचिव ज्ञवाली
-
प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम चैत ७ गते
-
नेशनल इभेन्ट म्यानेजमेन्ट एसोसिएसनको अध्यक्षमा रवि धमला
-
अग्नि सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
-
राजावादीहरूले टाउको उठाउनुमा सबैभन्दा बढी खोट कम्युनिस्टमै देख्छु : जगन्नाथ खतिवडा
-
यी हुन्, नेविसंघले हालसम्म निर्विरोध जितेका स्ववियु अध्यक्ष र क्याम्पस (सूचीसहित)