तीन दिनपछि हुम्लाबाट पुनः हवाई उडान
![तीन दिनपछि हुम्लाबाट पुनः हवाई उडान](https://rpcdn.ratopati.com/archived-media/tara-airlines42.jpg)
हुम्ला । सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः सुरु भएको छ । यहाँ दसैँको अघिल्लो दिन मात्र हवाई उडान भएको थियो । त्यसयता यात्रु अभावले हवाई उडान हुन सकेको थिएन ।
तारा एयर र नेपाल एयरलाइन्सले उडान भरेको नेपाल एयरलाइन्स सिमकोट स्टेशन प्रमुख छिरिङ लामाले बताए । आज नेपालगञ्जदेखि तारा एयरले एक पटक तथा नेपाल एयरलाइन्सले दुई पटक उडान भरेको उनले बताए । दुवै एयरलाइनसले यात्रुसँगै दैनिक उपभोग्य सामग्री र अन्य सामानसमेत ढुवानी गरेका थिए ।
“मङ्गलबारका लागि टिकट बुकिङ भइसकेको छ । अब यात्रुको चाप विस्तारै बढ्छ”, प्रमुख लामाले भने । नेपालगञ्ज र सुर्खेतबाट हुम्ला आउने यात्रुको चाप त्यतिधेरै नभए पनि हुम्लादेखि जिल्ला बाहिर जाने यात्रुको चाप भने उत्तिकै रहेको उनको भनाइ छ । सीता एयर र समिट एयरले भने आज उडान नभरेको सिमकोट विमानस्थल कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्बन व्यापार गर्नको लागि नियमावली संशोधनको मस्यौदा अन्तिम चरणमा छ : मन्त्री ठकुरी
-
शंकर पोखरेललाई कर्ण थापाको जवाफ : जबजले एक वा दुई दलीय व्यवस्था स्विकार्दैन
-
प्रतिनिधिसभा बैठक : बहुमतका आधारमा संसदीय अभ्यासमा हस्तक्षेप गरेको आरोप
-
खेलकुद पत्रकार मञ्चद्वारा दुई पत्रकारलाई ‘अग्रज तथा अनुज सम्मान’ प्रदान
-
संसदभित्रै लाग्यो नारा : महान् जनयुद्ध जिन्दाबाद !
-
सांसदको प्रश्न– बाँदर बेच्ने प्रयास के भइरहेको छ ?