सोमबार, २८ असोज २०८१
ताजा लोकप्रिय

मौलापुरले लागु गरेको योजना अन्य पालिकाले समेत कार्यान्वयन गरे मुलुक समृद्ध बन्छ : साह

सोमबार, २८ असोज २०८१, १८ : १४
सोमबार, २८ असोज २०८१

रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले आफ्नै मौलापुर नगरपालिकाको कार्यशैलीको तारिफ गरेका छन् ।  मेयर रिनाकुमार साहले नगरमा लागु गरेको बिभिन्न आयोजना देशमै उत्कृष्ट रहेको र सो योजना अन्य पालिकाले समेत लागु गर्नुपर्ने उनको धारणा थियो । 

बडादशैं, शुभ दिपावली एवं छठ पर्वको अवसरमा मौलापुर नगरपालिकाको सोनरनियामा आज आयोजित शुभकामना अदानप्रदान एवं भेटघाट कार्यक्रममा सहभागि आजपा अध्यक्ष साहले समृद्ध पालिका निर्माणका लागि मौलापुर नगरपालिका लागु गरिएको आयोजना अन्य पालिकामा समेत लागू भए देश समृद्ध बन्ने जिकिर गरे । 

मौलापुर नगरपालिकाकी मेयरले आफ्नो पालिकामा नगर प्रहरीको साटो नगर शिक्षक नियुक्त गरेकी छन् । अन्य पालिकाले शासन गर्नका लागि नगर प्रहरी नियुक्त गरेको तर मेयर रिनाले विद्यार्थीहरुको पढाई उत्कृष्ट बनाउनका लागि शिक्षक राख्नु सकारात्मक भएको साहको भनाइ थियो ।
यस्तै मेयर रिनाले मौलापुर नगरपालिकामा किसान एवं सर्वसधारणका लागि ‘फ्री बिजुली, फ्री पानी’, असहायसँग मेयर कार्यक्रम लागु गरेकी छन् । मौलापुरकी मेयर साहले आफनो नगरभित्र लागु गरेको ‘कर फ्रि’ कार्यक्रम समेत लोकप्रिय बनेको छ । 

‘मौलापुर नगरपालिकामा ‘फ्री बिजुली, फ्री पानी’, असहायसँग मेयर कार्यक्रम, नगर प्रहर्री होईन नगर शिक्षक छ । यहाँ कुनै सिफारिस वा कामको कर लाग्दैन्, कर फ्रि छ । यस्ता लोकप्रिय कार्यक्रम लागु गरेर सर्वसधारणलाई सेवा गर्ने मेयर रिनाजीलाई म बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु’ आजपा अध्यक्ष साहले भने, ‘म अरु पालिकामा हेर्छु करमाथि कर लागु गरिएको छ । शिक्षक होईन नगर प्रहरी नियुक्त गरिएको छ, शासन गर्नका लागि । किसानको बिधुत महशुल तिर्ने, सर्वसधारणका छोरीको बिवाहमा आर्थिक सहयोग गर्ने, डाक्टर नियुक्त गर्ने र विरामीलाई सेवा दिने काम गर्नु धेरै नै उत्कृष्ट छ । अरु पालिकाले समेत मौलापुरबाट सिक्नुपर्ने देखिन्छ ।’

 यस्तै असहायसंग मेयर कार्यक्रम अन्तरगत मौलापुरले गरिब समुदायका उमेर पुगेका छोरीको बिवाहमा ३० हजारका दरले कैयन् परिवारलाई नगद सहयोग गर्दै आएको छ ।

यसैगरी मौलापुरमा धुवाधुलो मुक्त अभियान अन्तरगत हजारौं घरमा ग्यास सिलिण्डर, चुलो समेत वितरण गरिएको छ । 

कार्यक्रममा आजपाका महासचिव त्रिभुवन साह, उपमहासचिव सियाराम कुशवाहा, नगरप्रमुख रीना कुमारी साह लगायतको विशेष सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप